प्रभाससँगको सिनेमाका लागि दीपिकाले लिइन २० करोड भारु

प्रभाससँगको सिनेमाका लागि दीपिकाले लिइन २० करोड भारु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो नयाँ सिनेमाका लागि महँगो पारिश्रमिक बुझेकी छन् । केहि दिन अगाडी मात्र साउथ सुपरस्टार प्रभाससँग घोषणा गरिएको सिनेमा उनले २० करोड भारुमा साइन गरेको खबर छ ।

बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको लिस्टमा दीपिका अग्रस्थानमा आउछिन । सन् २००७ मा बलिउड सिनेमा ‘ओम शान्ति ओम’बाट ड्रिम डेब्यु गरेकी दीपिकाका अधिकांस सिनेमा सफल छन् ।

उनले ‘हाउसफुल’, ‘ककटेल’, ‘रेस २’, ‘ए जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘रामलीला’, ‘ह्याप्पी न्यु इयर’, ‘फाइन्डिङ फ्यानी’, ‘पिकु’, ‘बाजिराव मस्तानी’, र ‘पद्मावत’ जस्ता सफल सिनेमा दिएकी छन् ।

हुनत, यो दीपिकाले लिएको सर्वाधिक पारिश्रमिक होइन । उनले एक सिनेमा गरे बापत २६ करोडसम्म लिने गरेको बताइन्छ ।

नाग आश्विनले निर्देशन गर्ने अनटाइटल हिन्दी सिनेमामा दीपिकाले पहिलो पटक प्रभाससँग जोडी बाँध्दैछिन । दुई सुपरस्टार कलाकारको यो स्क्रिन शेयरले भारतीय बक्सअफिसमा ठुलो योगदान दिने आशा गरिएको छ ।