नयाँ सिनेमामा प्रभासको पारिश्रमिक ५० करोड

नयाँ सिनेमामा प्रभासको पारिश्रमिक ५० करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउथ सुपरस्टार प्रभासले नयाँ सिनेमाका लागि ५० करोड भारु पारिश्रमिक लिएका छन् । नाग आश्विनले निर्देशन गर्ने यस अनटाइटल सिनेमाका लागि प्रभासले महँगो पारिश्रमिक बुझेको भारतीय मिडियाले लेखेका छन् ।


यसअघि सिनेमा ‘साहो’मा प्रभासले सय करोड पारिश्रमिक बुझेका थिए । त्यसमा सिनेमाको नाफाबाट आउने केहि प्रतिशत रकमलाई पनि जोडिएको थियो । ‘बाहुबली’ रिलिजको ठुलो सफलताले प्रभास भारतीय सिनेमामा सर्वाधिक पारिश्रमिक लिने अभिनेताको रुपमा दरिदै गएका छन् ।

‘प्रभास २१’ वर्किङ टाइटल राखिएको यो सिनेमामा प्रभासले पहिलो पटक बलिउड अभिनेत्री दीपिका पादुकोणसँग जोडी बाँध्दैछन् । दीपिकाले पनि यस सिनेमाको लागि २० करोड भारु पारिश्रमिक बुझिसकेकी छन् ।

दुई कलाकारको पारिश्रमिकमा मात्रै ७० करोड खर्च गरिएको यो सिनेमा दर्शकका लागि प्रतिक्षित बनिरहेको छ ।