‘सुपर ३०’ निर्देशकको सिनेमा कट्रिनाले छोडेपछि कृतिको हातमा

‘सुपर ३०’ निर्देशकको सिनेमा कट्रिनाले छोडेपछि कृतिको हातमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋतिक रोशन स्टारर सिनेमा ‘सुपर ३०’को सफलता पश्चात निर्देशक विकाश बहल नयाँ कमेडी सिनेमाको तयारीमा छन् । उनले सिनेमामा मुख्य अभिनेत्रीको रुपमा कट्रिना कैफलाई साइन गराएका थिए । साइन गरेको केही महिनामै उनले सिनेमाबाट हात झिकेकी छन् ।


बलिउड मिडियाका अनुसार ‘मिटु’ प्रकरणमा फसेका निर्देशकसँग काम गर्न तयार भएको भन्दै ट्रोलको शिकार भएसँगै कट्रिनाले सिनेमाबाट हात झिकेकी हुन् । उनी सिनेमाबाट हात झिकेपछि निर्देशक बहलले अर्की अभिनेत्री कृति सेनोनलाई अप्रोच गरेका छन् ।

बलिउड अभिनेता अमिताभ बच्चनकोसमेत अभिनय रहने उक्त सिनेमामा कृति काम गर्न तयार भएको बलिउड मिडियाले समाचार सम्प्रेषण गरेका छन् । कृति हाल ‘मिमि’ नामक सिनेमाको छायाँकनमा व्यस्त छिन् । यो सिनेमा पश्चात उनले अक्षय कुमारसँग ‘बच्चन पाण्डे’मा काम गर्नेछिन् । विकासको उक्त कमेडी सिनेमाको छायाँकन अर्को वर्षको जनवरीबाट सुरु हुनेछ ।