‘केजिएफ – च्याप्टर २’मा सञ्जयको भयानक अवतार

‘केजिएफ – च्याप्टर २’मा सञ्जयको भयानक अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सञ्जय दत्त स्टारर कन्नड सिनेमा ‘केजिएफ – च्याप्टर २’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सञ्जयको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गरेको हो । यो गतवर्षको सुपरहिट कन्नड सिनेमा केजिएफको सिक्वेल हो ।


६१ बर्षिय सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विटर मार्फत अधिरा पात्रको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो सिनेमामा काम गर्न पाएकोमा खुसी छु । यो भन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको डरलाग्दो लुक्स देखेर दर्शकहरुमा कौतुहलता छाएको छ ।

प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जयका अलावा यश, श्रीनिधि सेट्टी, रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ । वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको ‘केजिएफ २’को प्रदर्शन मिति कोरोना भाइरसका कारण सार्वजनिक गरिएको छैन् । सिनेमाको पहिलो शृङखलाले भारतिय बक्सअफिसमा बम्पर बिजनेश गरेको थियो ।