नवाजुद्दीन र परिवार विरुद्द पत्नी आलियाले दिइन उजुरी

नवाजुद्दीन र परिवार विरुद्द पत्नी आलियाले दिइन उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाबीचको खटपटको समाचारले बेलाबखत बलिउड मिडिया तात्ने गरेका छन् । यसैवीच केही समय पहिले नवाजुद्दीनलाई आलियाले डिर्भोस पेपर पठाएको खबर सार्वजनिक भएको थियो ।

यसैबीच नवाजुद्दीनकी पत्नी आलियाले उनी र उनको परिवारका विरुद्ध गत सोमबार मुम्बई स्थित वर्सोवा पुलिस थानामा मुद्धा दार्ता गराएकी छन् । आलियाले भारतिय कानुनको धारा ३५४ अन्तर्गत मुद्धा दर्ता गरेको मुम्बई पुलिसले बलिउड मिडियालाई जानकारी दिएको छ ।

पत्नी आलिया र उनका आरोपको विषयमा अहिलेसम्म अभिनेता नवाजुद्दीन सिद्दीकीले मुख खोलेका छैनन् । उनी हाल आफ्नो जन्मघर मुजफ्फरनगरमा छन् । कोरोना भाइरसका कारण भारतमा लकडाउन घोषणा भएसँगै उनी जन्मघर पुगेका थिए ।

उनले अभिनय गरेको सिनेमा ‘रात अकेली है’ प्रदर्शनको तयारीमा रहेको छ । यो सिनेमा सिनेमा घरमा नभई सिधै डिजिटल प्लेटर्फम नेटफिलिक्समा रिलिज हुँदैछ । सिनेमामा उनका अलवा राधिका आप्टेको पनि मुख्य भुमिका रहेको छ । यो सिनेमामा नवाजुद्दीनलाई पुलिस अफिसरको भुमिकामा देख्न सकिनेछ ।