‘बाहुबली’ निर्देशक एसएस राजमौली र परिवारका सदस्यलाई कोरोना पोजेटिभ

‘बाहुबली’ निर्देशक एसएस राजमौली र परिवारका सदस्यलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमाका भेट्रान निर्देशक एसएस राजमौली र उनका परिवारका सदस्यलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सामान्य रुघा र खोकी लक्षण देखिए पछि निर्देशक राजमौली परिवार सहित कोराना चेकअपको लागी हस्पिटल पुगेका थिए ।

 

डाक्टरले उनी र परिवारका सदस्यलाई कोरोना पोजेटिभ भएको रिर्पोट उपलब्ध गराएसँगै उनले ट्वीटर मार्फत उक्त खबर सार्वजनिक गरेका हुन् । हाल उनी र उनको परिवार सुरक्षीत तवरले होम क्वारेन्टाइनमा रहेको जानकारी ट्वीटमा उल्लेख गरेका छन् । आफु र आफ्नो परिवारमा कोरोना देखिएसँगै उनले अन्य निर्माता तथा निर्देशकलाई पनि सचेत रहन आग्रह गरेका छन् ।

‘बाहुबली’ सिरिज मार्फत बलिउडमा पनि आफ्नो बलियो उपस्थिति जनाएका राजमौली हाल ‘आरआरआर’ नामक सिनेमाको पोष्ट प्रोडक्सनको काममा व्यस्त छन् । आगामी बर्षको जनवरीमा प्रदर्शन हुने सिनेमामा जुनियर एन्टीआर, रामचरण, अजय देवगण, आलिया भट्टलगायतका कलाकारको अभिनय रहनेछ ।