अग्रीम जमानतको लागी सुप्रिम कोर्ट पुगीन रिया

अग्रीम जमानतको लागी सुप्रिम कोर्ट पुगीन रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सुशानत सिंह राजपुतको आत्माहत्या केशले नयाँ मोड लिएको छ । सुशान्तका पिता केके सिंहले पटना पुलिस थानामा प्रेमिका रिया चक्रावर्ती विरुद्ध मुद्धा दर्ता गरेसँगै आत्माहत्या केशमा नयाँ मोड आएको हो । बिहार पुलिसले उक्त केशको अनुसन्धानको लागी एक टिम मुम्बई पठाएको थियो ।

सुशान्तका पिता केके सिंहले आफु विरुद्ध मुद्धा दर्ता गरेसँगै उनले आफ्ना वकिल सतिश मान सिंदेलाई भटेर सुप्रिम कोर्टमा अग्री जमानतको लागी अपिल गरेकी छन् । बलिउड मिडियाका अनुसार बुधबार उनी आफ्ना वकिल मार्फत अग्रीम जमानतको लागी सुप्रिम कोर्ट पुगेको उल्लेख गरेका छन् । यसका साथै कतिपय मिडियाले बिहार पुलिस सोधपुछको लागी रियाको घर पुग्दा उनी फरार भएको दाबी समेत गरेका छन् ।

यस्तै, सुशान्तका पिता केके सिंहले उजुरीमा रिया चक्रवर्ती नामकी एक युवतीले परिवार र साथीहरुसँग मिलेर योजनावद्द रुपमा सुशान्तलाई आत्माहत्या गर्न प्रेरित गर्नुका साथै ब्ल्याकमेल गरेर करोडौँ रुपैयाँ हात पार्न खोजेको आरोप लगायका छन् ।