पैसाको पछाडी लागेर सुशान्तको परिवारले ‘नेपोटिज्म’ मुद्धा बिर्सियो – कंगना रनाउत

पैसाको पछाडी लागेर सुशान्तको परिवारले ‘नेपोटिज्म’ मुद्धा बिर्सियो – कंगना रनाउत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले नयाँ मोड लिइसकेको छ । उनको आत्महत्यापछि अभिनेत्री कंगना रनाउतले बलिउडमा व्याप्त ‘नेपोटिज्म’को कारण सुशान्तले आत्महत्या गरेको बताएकी थिइन् ।

करिब डेढ महिनासम्म मुम्बई पुलिसले बलिउडका ४० जना भन्दा बढी व्यक्तिहरुको अनुसन्धान गर्यो । तर, सुशान्त आत्महत्याको जडसम्म पुग्न सकेन । बलिउडको परिवारवाद विरुद्द कंगनाले अहिले पनि निसाना साँधीरहेकी छन् ।

तर, आत्महत्या प्रकरण सुशान्तकी प्रेमिका रिया चक्रवर्ती तर्फ ढल्किसकेको छ । सुशान्तका पिता केके सिंहले रिया र उनको परिवार विरुद्द ‘धोका, बेइमानी, बन्धक बनाउने र आत्महत्या गर्न प्रेरित गरेको’ आरोप लगाउदै उजुरी दिएपछि कंगनाले उठाएको ‘नेपोटिज्म’ मुद्धा सेलाएको छ ।

‘नेपोटिज्म’का कुरा सेलाउदै गएपछि कंगना फेरि यस विषयमा बोलेकी छन् । उनको टिमले सुशान्तको परिवार पैसाको पछाडी लागेर ‘बुलिङ र नेपोटिज्म’को विषय बिर्सिएको आरोप लगाएका छन् ।

उनको टिमले ट्वीटरमा ट्वीट गर्छन, ‘दुर्भाग्यपूर्ण भन्नुपर्छ परिवारले केवल पैसाको मुद्धा मात्र अगाडी सारेको छ । उनिहरु सुशान्तका ति पोस्ट र इन्टरभ्युलाई बेवास्ता गरिरहेका छन्, जहाँ उनले बुलिङ, नेपोटिज्म र ह्यारेस्मेन्टको बारेमा बोलेका थिए । यहाँसम्म कि राजनीतिक नेपो माफियाको संग्लनतालाई पनि भुलेका छन् ।’

टिमले अगाडी लेखेको छ, ‘उनिहरुले सुशान्तसँग यस्तो गरें, किनकि उ सजिलो माध्यम थियो । के उनीहरु यहि काम रणवीर कपूर र वरुण धवनसँग गर्न सक्छन ? उनिहरु त भन्छन, ‘भाइ-भतिजावाद र पक्षपात क्रिमिनल अपराध होइन ।’

‘के पैसा मात्र भनेर हुन्छ ? हामीसँग यो कानुनलाई बदल्ने अवसर छ । जहाँ हामि ‘आउटसाइडर’को लागि बलिउडमा स्थान सुरक्षित गर्न सक्छौँ । यदि उनीहरु पैसामा मात्र केन्द्रित भएभने माफियाहरु फुत्किनेछन् ।’