आदित्य रोय कपुरले किन छाडे ‘एक भिलेन २’ ?

आदित्य रोय कपुरले किन छाडे ‘एक भिलेन २’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता आदित्य रोय कपुरले २०१४ को सुपरहिट सिनेमा ‘एक भिलेन’को सिक्वेलबाट हात झिकेका छन् । ‘मलंग’ले बक्सअफिसमा सफलता पाएसँगै निर्देशक मोहित सुरीले ‘एक भिलेन २’को निर्माण घोषणा गरेका थिए ।

सिनेमामा आदित्यका अलवा जोन अब्राहम, दिशा पटानी र तारा सुतारियाको अभिनय रहने पक्का भएको थियो । कोरोना भाइरसका कारण सिनेमा तोकिएको समयमा छायाँकन हुन नसकेपछि उनले सिनेमाबाट हात झिकेको बलिउड मिडिया पिंकभिलाले उल्लेख गरेको छ ।

आदित्यको हातमा यतीबेला अर्को एउटा बिग बजेट एक्सन थ्रिलर सिनेमा पनि छ । दुवै सिनेमाको छायाँकन तालिका जुध्ने देखिएपछि उनले ‘एक भिलेन २’ बाट हात झिकेका हुन् । आदित्य अभिनित ‘सडक २’ र ‘लुडो’ प्रदर्शनको तयारीमा रहेका छन् ।

यस्तै, ‘सडक २’को केही प्रतिशत छायाँकन अझै बाँकी छ । सिनेमाको बाँकी छायाँकन पुरा गरेसँगै उनी नयाँ एक्शन थ्रिलर सिनेमाको तयारीमा जुट्नेछन् । प्रदर्शनको तयारीमा रहेका दुवै सिनेमा सिनेमा घरमा नभई सिधै डिजिटल प्लेटर्फम नेटफिलिक्स र डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछन् ।