‘वार’ निर्देशकको नयाँ एक्सन थ्रिलर सिनेमामा ऋतिक ?

‘वार’ निर्देशकको नयाँ एक्सन थ्रिलर सिनेमामा ऋतिक ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार ऋतिक रोशन अभिनित सिनेमा ‘सुपर ३०’ र ‘वार’ गतवर्ष रिलिज भएका थिए । दुवै सिनेमाले बक्सअफिसमा बम्पर बिजनेस गरेका थिए । यी दुई सिनेमा पश्चात ऋतिकले कुनैपनि सिनेमा साइन गरेको आधिकार खबर बाहिरिएको छैन् ।

बलिउड मिडियाको खबरलाई आधार मान्ने हो भने उनी कोरोना भाइरसको माहामारी अन्त्य भएसँगै होम प्रोडक्सन सिनेमा ‘कृष ४’को छायाँकन सुरु गर्नेछन् । यो सिनेमालाई उनका पिता राकेश रोशनले निर्देशन गर्दैछन् । ‘कृष’ सिरिज पश्चात उनले वारका निर्देशक सिद्धार्थ आनन्दको सिनेमामा काम गर्न लागेको खबर बाहिरिएको छ ।

ऋतिकले सिद्धार्थको सिनेमा साइन गरिसकेको दाबी बलिउडको छ । सिद्धार्थ यो सिनेमालाई पनि एक्सन थ्रिलर बेस्डमा निर्माण गर्ने तयारीमा छन् । बलिउड मिडियाका अनुसार निर्देशक आनंन्दले शाहरुख खान र दिपिका पादुकोणको मुख्य भुमिका रहने सिनेमा पनि साइन गरेका छन् । उक्त सिनेमाको छायाँकन सकिए लगत्तै उनले ऋतिकको सिनेमाको छायाँकन सुरु गर्नेछन् ।