‘रक्षा बन्धन’को निर्माण घोषणा, अक्षय र आनन्दबीच पुनः टीमअप

‘रक्षा बन्धन’को निर्माण घोषणा, अक्षय र आनन्दबीच पुनः टीमअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका खिलाडी एक्टर अक्षय कुमारले रक्षा बन्धनको अबसर पारेर नयाँ सिनेमाको निर्माण घोषणा गरेका छन् । अक्षयले दाजु र बहिनीको इमोश्नल सम्बन्ध सिनेमाको कथामा समेट्ने जनाएका छन् । उनले आफ्ना चार दिदि बहिनीको समर्पणमा सिनेमा बनाउन लागेको बताएका छन् ।

अक्षयले सिनेमाको नाम ‘रक्षा बन्धन’ जुराएका छन् ।अक्षय आफ्नो प्रोडक्सन कम्पनी केप अफ गुड फिल्मस्को ब्यानरमा निर्माण हुने नवौं सिनेमा हो । ‘रक्षा बन्धन’लाई आनन्द एल रायले निर्देशन गर्ने पक्का भैसकेको छ । आनन्द अहिले सारा, धनुष र अक्षयलाई लिएर ‘अतरंगी रे’ नामक सिनेमा निर्माण गरिरहेका छन् ।

‘अतरंगी रे’को पहिलो सेड्युलको छायाँकन बनारसमा गरिएको थियो । सिनेमाको दोस्रो सेड्युलको छायाँकन अक्टुबरबाट सुरु हुँदैछ । यो सिनेमाको छायाँकन सकिएसँगै आनन्द र अक्षय ‘रक्ष बन्धन’को छायाँकन सुरु गर्नेछन् । हिमाँशु शर्माको कथा लेखन रहने सिनेमा अर्को बर्षको नोबेम्बर ५ तारिखमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।