सलमान र कट्रिनाको ‘टाइगर ३’ निर्देशन गर्दै मनिष

सलमान र कट्रिनाको ‘टाइगर ३’ निर्देशन गर्दै मनिष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको सुपरहिट सिनेमा ‘एक था टाइगर’को तेस्रो सिरिज बन्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, हालसम्म सिनेमाको तेस्रो सिरिज बन्ने वा नबन्ने विषयमा सलमान र निर्माण कम्पनी यशराजले आधिकारिक जानकारी दिएको छैन् ।

लामो समयदेखि चलिरहेको अफवाहलाई सत्य मान्ने हो भने सलमानले सिनेमाको तेस्रो सिरिज ‘टाइगर ३’ बन्ने पक्का भैसकेको छ । बलिउड मिडियाका अनुसार सिनेमालाई ‘फ्यान’ निर्देशक मनिष शर्माले निर्देशन गर्नेछन् । निर्माता आदित्य चोपडाले निर्देशकको रुपमा मनिषलाई अनुबन्धित गरिसकेका छन् ।

यो सिनेमाको पहिलो सिरिज ‘एक था टाइगर’ बर्ष २०१२ मा रिलिज भएको थियो । भने, दोस्रो शृङ्खला ‘टाइगर जिन्दा है’ २०१७ डिसेम्बर २२ मा रिलिज भएको थियो । सिनेमाको दुवै सिरिजमा सलमान खान र कट्रिना कैफको मुख्य भुमिका रहेको थियो । सिनेमाको अफिसियल निर्माण घोषणा यशराज ब्यानरको ५० औँ बार्षिकत्सवमा गरिनेछ ।