शाहरुख मेरो प्रेरणा, रजनीकान्त भगवान : केजिएफ अभिनेता यश

शाहरुख मेरो प्रेरणा, रजनीकान्त भगवान : केजिएफ अभिनेता यश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कन्नड सुपरस्टार यश ‘केजिएफ च्याप्टर २’ रिलिजको पखाईमा छन् । यो सिनेमाको पहिलो शृङ्खलाले बक्सअफिसमा बम्पर बिजनेश गरेको थियो । यसैले पनि यशका लागी ‘केजिएफ च्याप्टर २’ खास छ । प्रशान्त निलको निर्देशनमा निर्माण भएको सिनेमा कोराना भाइरसको प्रभावका कारण कहिले रिलिज हुन्छ भन्ने अन्योलता कायम छ ।

यसैबीच सिनेमाका मुख्य अभिनेता यशलाई बलिउड हंगामासँगको कुराकानीमा बलिउड बादशाह शाहरुख खानलाई आफ्नो प्रेरणा र तामिल सुपरस्टार रजनीकान्तलाई भगवान बताएका छन् । उनको भनाई सार्वजनिक भएसँगै फ्यानले सिनियर गरेको सम्मान उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

यश ‘केजिएफ’ पश्चात विश्वभरका दर्शकमाझ निकै चर्चा पाइरहेका छन् । यसैले पनि ‘केजिएफ च्याप्टर २’मा बलिउड अभिनेता सञ्जय दत्त र रविना टण्डनसँग स्क्रिन सेयर गर्ने मौका पाएका छन् । यो सिनेमाले रिलिज पश्चात बक्सअफिसमा धुम मच्चाउने विश्वास निर्माण टिमलाई ।