रिलिज र छायांकनको लागि दीपिकाका पाँच सिनेमा पाइपलाइनमा

रिलिज र छायांकनको लागि दीपिकाका पाँच सिनेमा पाइपलाइनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण सफल अभिनेत्री मध्ये एक हुन् । ‘ओम शान्ति ओम’बाट बलिउड यात्रा  सुरुवात गरेकी उनले थुप्रै सुपरहिट सिनेमामा काम गरिसकेकी छन् । कोरोना भाइरस महामारीका कारण फुर्सदमा रहेकी दीपिका यसबीचमा केहि ठुला प्रोजेक्टमा अनुबन्धित भएकी छन् ।

दीपिका अभिनित सिनेमा ‘छपाक’ यो वर्षको सुरुवातमा रिलिज भएको थियो । भने, ‘८३’ अप्रिल १० तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेवाला थियो, तर कोरोना भाइरसका कारण अब डिसेम्बरमा रिलिज हुने चर्चा छ । उनका पाँच सिनेमा प्रदर्शन तथा छायाँकनको तयारीमा छन् ।

८३

‘बजरंगी भाइजान’ निर्देशक कबिर खानको निर्देशन र स्वयंम दीपिका सह-निर्माता रहेको सिनेमा ‘८३’ सबैभन्दा पहिले सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा विवाहपछि पहिलो पटक पति रणबीर सिंहसँग स्क्रिन सेयर गरेकी छन् । ‘८३’ वर्षकै प्रतिक्षित सिनेमा मध्येको एक हो ।

मधु मंटेनको अनटाइटल सिनेमा

दीपिकाले पाँच पाण्डव पत्नी द्रोपदीको भुमिका निवार्ह गर्ने सिनेमा ‘महाभारत’को निर्माण घोषणा गतवर्ष नै गरिएको थियो । यो सिनेमामा पनि दीपिका स्वंयम सह-निर्माताको रुपमा रहनेछिन् । उक्त पिरियड ड्रामामा अन्य कलाकार कोको रहने पक्का भैसकेको छैन् ।

प्रभाषको अनटाइटल सिनेमा

केहि साता अगाडी साउथ सुपरस्टार प्रभाषको अभिनय रहने नयाँ सिनेमाको निर्माण घोषणा गरिएको थियो । उक्त तेलुगु सिनेमामा काम गर्न दीपिकाले २० करोड भारु परिश्रमिक बुझेको चर्चा छ ।

शकुन बत्राको नयाँ सिनेमा

अनन्या पाण्डे र सिद्धांत चर्तुवेदीको अभिनय रहने सिनेमामा पनि अभिनेत्री दीपिकाको पनि मुख्य भुमिका रहनेछ । कोरोना महामारी पुर्व सिनेमाको प्रि-प्रोडक्सनको काम अन्तिम चरणमा थियो । लगडाउन भएसँगै सिनेमाको सम्पुर्ण काम रोकिएको छ । कोरोना प्रकोप सामान्य भएसँगै सिनेमाको काम सुरु हुनेछ ।

द इर्न्टन

यो हलिउडको एक सुपरहिट सिनेमाको हिंन्दी रिमेक हो । सिनेमामा दीपिकाका अलवा ऋषि कपुरको अभिनय रहने पक्का भएको थियो । कोरोना माहामारीका बीच उनको निधन भएसँगै अब उनको भुमिकामा कसले अभिनय गर्ने भन्ने पक्का भैसकेको छैन् । ऋषिको निधनपछि दीपिकाले उनीसँग काम गर्ने सपना अधुरै रहेको उल्लेख गरेकी थिइन् ।