अन्तरिक्षयात्री कल्पना चावलाको बायोपिक गर्न चाहन्छु – वाणी कपूर

अन्तरिक्षयात्री कल्पना चावलाको बायोपिक गर्न चाहन्छु – वाणी कपूर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘शुद्ध देसी रोमान्स’ डेब्यु अभिनेत्री वाणी कपूरले अन्तरिक्षयात्री कपना चावलाको बायोपिक गर्ने इच्छा भएको बताएकी छन् ।


एक अन्तर्वार्तामा उनि भन्छिन ‘अन्तरिक्षमा जान चाहने विश्वभरका महिलाहरुका लागि कल्पना चावला रोल मोडल हुन् । उनको बायोपिक गर्न पाउनु भएको आफैमा ठुलो सम्मान हो । उनको कथा र प्रेरणाको जो-कोहिले प्रशंसा गर्नुपर्छ ।’

गत वर्षको ब्लकबस्टर सिनेमा ‘वार’मा काम गरेकी वाणी अगाडी थप्छिन ‘एक कलाकारले हरेक किसिमका जोखिम मोल्न तयार हुनुपर्छ । त्यसैले मैले आजसम्म गरेका सिनेमामा केहि फरक गर्ने कोशिस गरेकी छु ।’

‘शुद्ध देसी रोमान्स’, ‘बेफिक्रे’ ‘वार’ र ‘शमशेरा’मा आफुले च्यालेञ्जिङ भूमिका निर्वाह गरेको बताउने वाणीले आगामी सिनेमा ‘बेल बटम’मा अभिनेता अक्षय कुमारसँग स्क्रिन साझेदारी गर्दैछिन ।