anmol jasita

‘राधे’देखि ‘टाइगर ३’सम्म, सलमानका पाँच सिनेमा पाइपलाइनमा

‘राधे’देखि ‘टाइगर ३’सम्म, सलमानका पाँच सिनेमा पाइपलाइनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना भाइरस महामारीका कारण सिनेमाका काम रोकिँदा स्टार कलाकारहरु फुर्सदमा छन् । जसले गर्दा कलाकारको थुप्रै सिनेमा प्रोडक्सनमै अड्किएका छन् ।


हामीले बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री दीपिका पादुकोणका छायांकन र रिलिज हुन बाँकी सिनेमाको बारेमा जानकारी दिएका थियौँ । आज अभिनेता सलमान खानका बाँकी रहेका सिनेमाका बारेमा जान्नेछौँ ।

राधे: योर मोस्ट वान्टेड भाई 
इदमा रिलिज हुने भनिएको ‘राधे’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेन । प्रभुदेवा निर्देशित सिनेमा अब आगामी वर्षको जनवरी २६ मा रिलिज हुने चर्चा छ ।

सिनेमामा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डा, ज्याक्की श्रोफलगायतका कलाकारको अभिनय छ ।

कभी इद कभी दिवाली 
सलमानको यो एक महत्वकान्क्षी सिनेमा हो । साजिद नाडियडवालाले निर्देशन गर्ने सिनेमामा सलमानसँग अभिनेत्री पूजा हेगडेले जोडी बाँध्नेछिन ।

२०२१ को इदलाई रिलिज मिति तोकेर जोडतोडका साथ प्रि-प्रोडक्सनको कार्य भैरहँदा कोरोनाले निम्त्याएको लकडाउनले अहिले सिनेमाको काम ठप्प छ । कोरोना साम्य भएपछि सिनेमा फ्लोरमा जानेछ ।

टाइगर ३ 
ब्लकबस्टर सिरिज ‘टाइगर’को यो तेस्रो फ्रेञ्चाइज हो । ३ सय करोडको महँगो बजेटमा निर्माण हुने सिनेमा फेरी एकपटक सलमान र कट्रिना कैफलाई पर्दामा देख्न पाइनेछ ।

मनिष शर्माले निर्देशन गर्ने सिनेमालाई यशराज फिल्म्सले निर्माण गर्नेछ । सिनेमाको आधिकारिक घोषणा यशराजको ५० औँ वार्षिकोउत्सबमा हुनेछ ।

किक २ 
२ वर्ष अगाडी नै घोषणा भएको यो सिनेमा सलमानको व्यस्त सेड्युलका कारण फ्लोरमा जान सकेको छैन । साजिद नाडियडवालाको व्यानरमा निर्माण हुने सिनेमाको लागि मुख्य अभिनेत्रीको टुंगो पनि लागेको छैन ।

‘कभी इद कभी दिवाली’पछाडी सिनेमा फ्लोरमा जाने बताइएको छ । २०१४ मा रिलिज ‘किक’ बक्सअफिसमा सुपरहिट सावित भएपछि यसको सिक्वेल निर्माणको कार्य अगाडी बढेको हो ।

गन्स अफ नर्थ 
मराठी सुपरहिट सिनेमा ‘मूल्शी प्याटर्न’को हिन्दी रिमेक ‘गन्स अफ नर्थ’मा सलमानका ज्वाँई आयुष शर्माको मुख्य भूमिका रहनेछ । सिनेमामा सलमानको पनि दमदार भूमिका रहने बताइएको छ ।

सिनेमामा आयुषले ग्याङस्टरको भूमिका निर्वाह गर्नेछन् । भने, सलमानलाई सरदार पुलिस अफिसरको भूमिकामा देख्न  सकिनेछ ।

२०१८ मा सलमानले आफ्नै लगानीमा सिनेमा ‘लभयात्री’बाट आयुषलाई बलिउडमा डेब्यु गराएका थिए । तर, सिनेमा बक्सअफिसमा पूर्ण असफल बनेको थियो ।