anmol jasita

अगष्ट २८ मा रिलिज हुनेछ सञ्जय र आलियाको ‘सडक २’

अगष्ट २८ मा रिलिज हुनेछ सञ्जय र आलियाको ‘सडक २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुपरहिट बलिउड सिनेमा ‘सडक’को सिक्वेल सिनेमा घरमा नभई सिधैं डिजिटल प्लेटर्फम डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ । ‘सडक २’को डिजिटल रिलिजको घोषणा गत महिना नै गरिएको थियो । तर, सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरिएको थिइन् ।


बिहिबार सिनेमाकी मुख्य अभिनेत्री आलिया भट्टले नयाँ पोस्टर सार्वजनिक गर्दै ‘सडक २’को प्रदर्शन मिति घोषणा गरेकी हुन् । २८ अगस्टमा रिलिज हुने सिनेमाको सार्वजनिक पोष्टरमा मुख्य कलाकार सञ्जय दत्त, आदित्य रोय कपुर र आलिया भट्टलाई स्थान दिइएको छ । उ्रक्त पोष्टरमा सिनेमाकी अर्की मुख्य अभिनेत्री पुजा भट्टलाई समेटीएको छैन् ।

महेश भट्टको निर्देशनमा निर्माण भएको सिनेमामा फक्स स्टार स्टुडियोको पनि लगानी रहेको छ । निर्देशक भट्ट लमाको समयपछि सिनेमा निर्देशनमा कमव्याक गर्न लागेका छन् । कोरोना भाइरसको कारण ‘सडक २’को केही अशंको छायाँकन बाँकी थियो । बलिउड मिडियाका अनुसार सिनेमाको बाँकी छायाँकन हाल उटीमा भैरहेको छ । सिनेमाको ट्रेलर केहीदिनमा सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।