anmol jasita

सुपरहिरो सिरिज ‘कृष ४’मा ऋतिकको जोडी कृति ?

सुपरहिरो सिरिज ‘कृष ४’मा ऋतिकको जोडी कृति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको पहिलो सुपरहिरो फ्रेन्चाइज हो ‘कृष’ सिरिज । सिनेमाको पहिलो शृङखला ‘कोही मिल गया’ २००३ मा रिलिज भएको थियो । अहिले उक्त सिरिजको चौँथो शृङखला ‘कृष ४’ निर्माण तयारी भैरहेको छ । सिनेमाको लेखन तथा निर्देशन राकेश रोशनले गर्दै आइरहेका छन् ।


बलिउड मिडियाका अनुसार गतवर्ष नै छायाँकन सुरु गर्ने तयारीमा रहेको निर्माण कम्पनी ‘कृष ४’का लेखक तथा निर्देशक राकेश रोशनलाई क्यान्सर भएसँगै रोकिएको थियो । अहिले राकेश पुर्ण रुपमा निको भएर सिनेमाको स्क्रिप्टलाई फाइनल गर्न लागी परेका छन् ।

ऋतिक रोशनको मुख्य भुमिका रहने सिनेमामा अभिनेत्री कृति सेनोन फाइनल भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । यस विषयमा हालसम्म कृति र निर्माण कुनैपनि जानकारी दिएको छैन् । सिनेमाको अघिल्ला दुई शृङखलामा अभिनेत्री प्रियंका चोपडा मुख्य असिभनेत्रीको रुपमा देखिएकी थिइन् ।