anmol jasita

महिलाप्रधान सिनेमामा वाणी र आयुषमान

महिलाप्रधान सिनेमामा वाणी र आयुषमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री वाणी कपूर र अभिनेता आयुषमान खुराना नयाँ सिनेमामा अनुबन्धित भएका छन् । ‘केदारनाथ’ निर्देशक अभिषेक कपूरको नयाँ अनटाइटल सिनेमामा यी दुई कलाकार फाइनल भएका हुन् ।


नारीप्रधान सिनेमामा आयुषमानले खेलाडीको भूमिका निर्वाह गर्नेछन् । वाणीको भूमिका भने खुलाइएको छैन । उनि सिनेमाकी लिड कलाकार हुनेछिन ।

वाणीले निर्देशक अभिषेक र कलाकार आयुषमानसँग काम गर्न पाउनु आफ्नो भाग्यको कुरा बताएकी छन् । ‘अभिषेकका अघिल्ला सिनेमाबाट म प्रभावित थिए । उनिसँग काम गर्न मन थियो । आयुषमानको त कुरै छोडौँ । उनको लोकप्रियताले नै उनको प्रतिभा दर्साउछ । दुवैसँगको साझेदारी मेरो लागि विशेष छ ।’ वाणीले भनेकी छन् ।

गत वर्षको ब्लकबस्टर ‘वार’मा अभिनय गरेकी वाणीले रनवीर कपूरसँग ‘शमशेरा’ र अक्षय कुमारसँग ‘बेल बटम’मा पनि काम गर्दैछिन ।