anmol jasita

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना !

बलिउड अभिनेता सञ्जय दत्त अस्पताल भर्ना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार साँझ मुम्बई स्थित लिलावती अस्पताल भर्ना गरिएको छ । एक्कासी सञ्जयलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । अहिले उनको डाक्टरको निगरानीमा नियमित चेकअप चलिरहेको छ ।

बलिउड मिडियाका अनुसार सञ्जयलाई अस्पताल भर्ना गर्नु पुर्व उनको कोरोना टेस्ट पनि गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको पारिवारिक श्रोत जनाएको छ । आफ्नो स्वास्थ्यमा समस्या देखिएको खबरलाई सञ्जयले ट्वीटरमा ट्वीट समेट गरेका छन् ।


उनले ट्वीटमा लेखेका छन्, ‘लिलावती अस्पतालका डाक्टर र नर्सको उत्कृष्ट कामले म सन्चो भएर १/२ दिनमा डिस्चार्ज हुनेछु ।’ यसका साथै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पुर्ण शुभेच्छुकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सञ्जयले केहीदिन पहिले मात्रै उटीमा ‘सडक २’को बाँकी छायाँकन पुरा गरि घर फर्केका थिए । यसैले पनि श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनले अभिनय गरेका सिनेमा ‘सडक २’ र ‘भुज: द प्राइड अफ इन्डिया’ डिजिटल प्लेटर्फम डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछन् ।