anmol jasita

माफियालाई समर्थन गरेको भन्दै कंगनाको निशानामा आयुष्मान

माफियालाई समर्थन गरेको भन्दै कंगनाको निशानामा आयुष्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री कंगना रनावत र बलिउड कलाकारवीचको वादविवाद अझै सकिने छाँटकाँट देखिएको छैन् । कंगनाले एकपछि अर्को बलिउड कलाकारमाथि आरोप लगाइरहेकी छन् । यसपटक कंगनाको निशानामा अभिनेता आयुष्मान खुराना परेका छन् ।

सिनेमाको हरेक समिक्षा मार्फत विवादमा छाइरहने केआरकेले आयुष्मान यशराज फिल्मस्को प्रोडक्ट भएकाले रिया चक्रवर्तीको समर्थन गरिरहेको भन्दै ट्विट गरेका थिए । केआरकेले बलिउडमा टिक्नका लागि आयुष्मानले यस्तो कदम चालेको आरोप लगाएका छन् ।

केआरकेको ट्वीटलाई रिट्वीट गर्दै कंगना लेख्छिन्,–‘बलिउड भन्दा बाहिरबाट आएका यस्ता चाप्लुसीहरु आफ्नो औषत अभिनय क्षमताका कारण माफियालाई समर्थन गर्छन । यस्ता मानिसहरुलाई कसैसँग खतरा छैन र यस्तो विवादित बिषयलाई उनीहरु मौकाको रुपमा हेर्छन् । यस्तै व्यक्तिका कारण सुशान्त जस्ता कलाकारले अन्याय झेल्नुपर्छ । यस्ता मानिसहरु खुलेयाम नेपोटिज्म जस्ता गम्भिर कुराहरुलाई अस्विकार गर्छन् र उनीहरुको मजाक बनाउँछन् ।’

अभिनेत्री रनावतले बलिउडका केही अन्य थुप्रै अभिनेत्रीदेखि निर्माता निर्देशकमाथी आक्रोश व्यक्त गरिसकेकी छन् । कंगनाको निशाना सवैभन्दा बढि निर्माता तथा निर्देशक करण जोहर, अभिनेता ऋतिक रोशन, तापसी पन्नु र स्वारा भाष्कर पर्ने गरेका छन् ।