anmol jasita

एक वर्ष पछाडी धकेलियो आमिरको ‘लालसिंह चड्डा’

एक वर्ष पछाडी धकेलियो आमिरको ‘लालसिंह चड्डा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतमा कोरोना संक्रमितको ग्राफ दैनिक उकालो लागिरहेको छ । तर, त्यहाँ लकडाउन छैन । हल नखुलेपनि सिनेमा छायांकन र सम्पादनका कार्य सुरु भैसकेका छन् । नयाँ सिनेमा घोषणाको शिलशिला पनि बढ्दै गएको छ ।

यस्तै आमिर खानले आफ्नो आगामी सिनेमा ‘लालसिंह चड्डा’को रिलिज डेट फाइनल गरेका छन् । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दिएको जानकारी अनुसार यो प्रतिक्षित सिनेमा आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ ।

यसअघि सिनेमा २०२० कै क्रिसमसमा रिलिज हुने भनिएको थियो । तर, कोरोना महामारीका कारण सिनेमा ठ्याक्कै एक वर्ष पछाडी धकेलिएको छ ।

अडभाइड चन्दनले निर्देशन गरेको सिनेमामा आमिरले शिर्ष भूमिका निर्वाह गरेका छन् । सिनेमामा उनको अपोजिट करीना कपूर खानले अभिनय गरेकी छन् । २०१२ को ‘तलास’पछि आमिर र करीनाको जोडीले पहिलो पटक स्क्रिन साझेदारी गर्दैछन् ।

लूस्लीको अमेरिकन ड्रामा ‘फोरेस्ट गम्प’मा आधारित ‘लालसिंह चड्डा’मा विजय सेतुपथी, मोना सिंह र योगी बाबुको पनि अभिनय छ ।