anmol jasita

प्रियंकादेखि प्रितीसम्म, जो खलपात्रको भूमिकामा खरो उत्रिए

प्रियंकादेखि प्रितीसम्म, जो खलपात्रको भूमिकामा खरो उत्रिए

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कथामा एक जना हिरो हुन्छ । तर, उसलाई हिरो बनाउन उसको विपक्षमा उभिने भिलेन (खलपात्र)को महत्वपूर्ण भूमिका रहने गर्छ । भिलेन बिना हिरोको उपस्थितिले मात्र एक पूर्ण कथा बन्न सक्दैन ।

सिनेमाको कथामा त झनै हिरो र भिलेन एक-अर्काका परिपुरक नै मानिन्छन । सिनेमाको सुरुवातदेखि नै पर्दामा पुरुष पात्रलाई हिरो र भिलेनको भूमिका दिइयो । समय परिवर्तनसँगै पर्दामा महिला हिरो र भिलेनका कथा पनि भन्न थालिएको छ । आज हामी बलिउडमा भिलेन भूमिका निर्वाह गरेर चर्चा कमाएका केहि अभिनेत्रीको बारेमा लेख्नेछौँ । जसले खलपात्रको भूमिकाबाटै राम्रो चर्चा बटुले ।

प्रियंका चोपडा

बलिउडकी सफल अभिनेत्री प्रियंका चोपडाले हिरोइनको रुपमा ख्याति कमाइसकेकी छन् । के तपाईलाई थाहा छ ? उनले सिनेमा ‘ऐतराज’मा नेगेटिभ भूमिका निर्वाह गरेकी थिइन् । अक्षय कुमार करीना कपूरको मुख्य भूमिका रहेको सिनेमाबाट प्रियंकाले राम्रो प्रशंसा पाएकी थिइन्। उक्त सिनेमामा प्रियंकाको अभिनय हेरेर समिक्षकले पनि तारिफ गरेका थिए ।

विद्या वालन

अभिनयमा जहिले वाहवाही पाउने विद्या वालनले सिनेमा ‘इश्किया’मा खलपात्रको भूमिका निर्वाह गरेकी थिइन् । उनको खलपात्र भूमिका दर्शक र समिक्षकले रुचाएका थिए । विद्या आफ्नै दममा सिनेमा हिट बनाउने सामर्थ्य राख्छिन ।  पछिल्लो रिलिज सिनेमा ‘शकुन्तलादेवी’बाट पनि उनले तारिफ पाएकी थिइन् ।

काजोल मुखर्जी देवगण

शाहरुख खानसँगको जोडीको रुपमा अत्याधिक रुचाइएकी अभिनेत्री काजोल मुखर्जी देवगण पनि आफ्नो अभिनय क्षमताका कारण लोकप्रिय छन् । १९९७ मा रिलिज भएको सिनेमा ‘गुप्त’मा नेगेटिभ भूमिका निर्वाह गरेपछि उनको अभिनयको चर्चा अझ चुलिएको थियो ।

प्रिती जिन्टा

थुप्रै सुपरहिट बलिउड सिनेमामा अभिनय गरेकी अभिनेत्री प्रिती जिन्टाले पहिलो पटक ‘अरमान’मा भिलेन भूमिका निर्वाह गरेकी थिइन् । २००३ मा रिलिज भएको यो सिनेमाबाट उनको अभिनयको तारिफ भएको थियो । पछिल्लो समय कमै सिनेमा गर्ने प्रिती इण्डियन प्रिमियर लिग (आइपीएल)मा टिम ‘किंग्स ११ पंजाव’को २३ प्रतिशत ओनरको रुपमा काम गरिरहेकी छन् ।

अमृता सिंह

६२ वर्षिया अभिनेत्री अमृता सिंहले २००५ को सिनेमा ‘कलयुग’मा खलपात्रको भूमिका निर्वाह गरेकी थिइन् । इमरान हास्मी र कुणाल खेमु स्टारर सिनेमाबाट उनले अभिनेताको भन्दा धेरै तारिफ बटुलेकी थिइन् । पछिल्लो पटक उनले २०१९ को मिस्ट्री थ्रिलर सिनेमा ‘बदला’मा अभिनय गरेकी थिइन् ।

बिपासा बासु

२००३ मा रिलिज सिनेमा ‘जिस्म’ बिपासाले नेगेटिभ भूमिका निर्वाह गरेकी थिइन् । उक्त सिनेमाबाट अभिनेता जोन अब्राहमको भन्दा बिपासा कै अभिनयको चर्चा भएको थियो । पछिल्लो पटक उनि २०१५ को ‘अलोन’मा देखा परेकी थिइन् । उक्त सिनेमाका को-स्टार करण सिंह ग्रोवरसँग प्रेममा परेपछि उनि २०१६ मा वैवाहिक जीवनमा बाँधिएकी थिइन् ।

उर्मिला मातोन्डकर

पछिल्लो समय राजनीतिमा सक्रिय उर्मिलाले २००१ को सिनेमा ‘प्यार तुने क्या किया’मा खलपात्रको भूमिका निर्वाह गरेकी थिइन् । उक्त भूमिकाबाट उनि ‘बेस्ट पर्फर्मेन्स इन नेगेटिभ रोल’ विधामा फिल्म फेयरको मनोनयनमा पनि परेकी थिइन् ।

कोंकोणा सेन शर्मा

कोंकोणा बलिउडमा आफ्नो अभिनयका रुचाइएकी छन् । उनी आफुले पाएको भूमिकालाई न्याय गर्नमा कुनै कसर बाँकी छोड्दैनिन । उनले २०१३ को सिनेमा ‘एक थि डायन’मा नेगेटिभ भूमिका निर्वाह गरेकी थिइन् । हिरोइनमा जस्तै उनले खलपात्रको भूमिकामा पनि तारिफ बटुलेकी थिइन् ।

कल्की कोचलिन

कल्कीले पनि ‘एक थि डायन’मा नकारात्मक भूमिका निर्वाह गरेकी थिइन् । तर, उनि खलपात्र भएको कुरा दर्शकले सिनेमाको अन्त्यमा मात्र थाहा पाउछन । गत वर्ष ‘गली व्वाय’मा अभिनय गरेकी कल्कीलाई पनि एक कुशल अभिनेत्रीको रुपमा चिनिन्छ ।

माही गिल

बलिउडमा थोरै तर स्तरीय सिनेमा गर्ने अभिनेत्रीको रुपमा माही गिल चिनिन्छिन । उनले २०११ मा रिलिज सिनेमा ‘साहेब बीबी और ग्याङस्टर’मा खलपात्रको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म फेयरमा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेपनि उनले अवार्ड भने जित्न सकिनन् ।