anmol jasita

संजयलाई ‘थर्ड स्टेज’को क्यान्सर पुष्टि

संजयलाई ‘थर्ड स्टेज’को क्यान्सर पुष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि दिन अगाडी स्वास्थ्यमा खराबी आएपछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका अभिनेता संजय दत्तलाई क्यान्सर पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको चेकअप गराइएको थियो ।


मंगलबार बेलुका आएको रिपोर्टमा उनको फोक्सोमा क्यान्सर देखिएको हो । त्यो पनि थर्ड स्टेजमा । अब उनि उपचारको लागि अमेरिका जान सक्छन । क्यान्सर भएको रिपोर्ट आएपछि संजयले केहि समयका लागि सिनेमाबाट विश्राम लिने बताएका छन् ।

मंगलबार संजय अभिनित सिनेमा ‘सडक २’को ट्रेलर रिलिज गरिने बताइएको थियो । तर, उनको खराब स्वास्थ्यका कारण बुधबार मात्रै ट्रेलर रिलिज गर्न सम्भव भएको छ ।

स्मरण रहोस यसै वर्ष बलिउडका दुई दिग्गज कलाकार ऋषी कपूर र इरफान खानको क्यान्सरका कारण निधन भएको थियो ।