ज्याकलिनको जन्मदिनमा सलमानको ‘किक २’ निर्माण घोषणा

ज्याकलिनको जन्मदिनमा सलमानको ‘किक २’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना माहामारी भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोरोना कहरका बाबजुद पनि बलिउडलाई चलायमान बनाउन हरेक दिन निर्माता तथा निर्देशक नयाँ-नयाँ सिनेमाको निर्माण घोषणा गरिरहेका छन् । यस्तै, निर्देशक साजिद नाडियाडवालाले मंगलबार नयाँ सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

कोरोना माहामारीका कारण भारतमा लकडाउन घोषणा भएसँगै सलमान खान आफ्नो फार्म हाउसमा बस्दै आएका थिए । उनै सलमान सोमबार घर फर्केका छन् । अभिनेता सलमान र निमाता तथा निर्देशक साजिद नाडियाडवालाले मंगलबार अभिनेत्री ज्याकलिन फर्नान्डेको जन्मदिनको अबसरमा नयाँ सिनेमा ‘किक २’को निर्माण घोषणा गरेका छन् ।

साजिदले दुई वर्ष पहिले नै ‘किक २’को निर्माण घोषणा गरेका थिए । लामो समयदेखि ‘किक’की मुख्य अभिनेत्री ज्याकलिन सिक्वेलमा रहने नरहने पक्का थिइन् । मंगलबार नै सिनेमाको स्कृप्ट लक गरेका निर्देशक नाडियाडवालाले अभिनेत्रीको रुपमा ज्याकलिन नै रहने पक्का गरेका हुन् । निर्देशक साजिद पत्नीले ज्याकलिनलाई जन्मदिनको गिफ्टमा ‘किक २’ दिएकी हुन् ।

सिनेमाको छायांकन चाँडै नै सुरु गर्ने साजिदले भारतीय मिडियासँग बताएका छन् । अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डेज अभिनित सिनेमा ‘किक’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।