anmol jasita

दुख व्यक्त गर्दै मनिषाले भनिन ‘संजय तिमि बलिया छौँ’

दुख व्यक्त गर्दै मनिषाले भनिन ‘संजय तिमि बलिया छौँ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले अभिनेता संजय दत्तको क्यान्सरलाई लिएर दुख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै संजयको स्वास्थ्य समस्याले आफु दुखि रहेको भन्दै संजयले छिट्टै क्यान्सरले छुटकारा पाउन भनेर प्रार्थना गरेकी छन् ।

उनि लेख्छिन ‘बाबा तिम्रो स्वास्थ्य समस्याको बारेमा सुनेर दुखि भएकी छु । तर, मलाई थाहा छ तिमि बलिया छौँ । तिम्रो जीवन धेरै संघर्षपूर्ण रह्यो । सबै कुरालाई जितेर आयौँ । यो पनि तिम्रो अर्को जित हुनेछ । तिम्रो राम्रोको लागि प्रार्थना गर्दछु ।’

करिब ७ वर्ष अगाडी मनिषाले पनि पाठेघरको क्यान्सर जितेकी थिइन् । त्यसयता उनले नेपालका बिकट गाउँहरुमा पुगेर क्यान्सर सम्वन्धि जनचेतना फैलाएकी थिइन् ।

१९९२ को सिनेमा ‘यलगार’मा मनिषा र संजयले पहिलो पटक सँगै काम गरेका थिए । त्यसयता ‘सनम’, ‘अचानक’, कारतूस’, ‘खौफ’, ‘बाघी’, ‘मेहबूबा’, ‘प्रस्थानम’ जस्ता सिनेमामा यी दुई कलाकारले स्क्रिन शेयर गरेका थिए ।

पछिल्लो पटक मनिषाले संजयको बायोपिक सिनेमा ‘सन्जु’मा संजयकी आमा नर्गिसको भूमिका निर्वाह गरेकी थिइन् । बक्सअफिसमा ब्लकबस्टर उक्त सिनेमामा संजयको भूमिका भने रनबिर कपूरले निर्वाह गरेका थिए ।