विवादमा परेका बायोपिक सिनेमाहरु

विवादमा परेका बायोपिक सिनेमाहरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा पछिल्लो समय व्यक्ति विशेषको जीवनी (बायोपिक) सिनेमा निर्माण गर्ने ट्रेण्ड ह्वात्तै बढेको छ । तर, बनेका बायोपिक सिनेमा बक्सअफिसमा सफल भएपनि विवादबाट भने अछुतो रहन सकेका छैनन ।
सम्वन्धित व्यक्तिहरुले आफ्नो छविमा आँच आउने खालका दृश्य सिनेमामा समावेश गरेको भन्दै रिलिज र पछाडी अगाडी बायोपिकलाई लिएर आपत्ति जनाउने गरेका छन् । बायोपिकमा मात्र होइन कुनै बेलामा पिरियड ड्रामामा यस्ता किसिमका विवाद शृजना हुने गरेका छन् ।

बलिउडका केहि यस्ता बायोपिक छन्, यो रिलिज अगाडी र पछाडी विवादमा फसेका छन् । ओटीटी प्लेटफर्ममा रिलिज पछिल्लो सिनेमा ‘गुञ्जन सक्सेना: द कार्गिल गर्ल’ पनि विवादबाट अछुतो रहन सकेन । भारतीय वायुसेनाले आफ्नो छवि खराब बनाउने गरि सिनेमामा दृश्य समेटिएको भन्दै सेन्सर बोर्डलाई पत्र पनि पठाइसकेको छ ।

अन्य कुन-कुन सिनेमा विवादमा तानिए ?

छपाक

एसिड आक्रमण पीडित लक्ष्मी अग्रवालको जीवनीमा आधारित सिनेमामा दीपिका पादुकोणले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमामा आफुलाई कुनै पनि क्रेडिट नदिएको भन्दै लक्ष्मीकी वकिल अपर्णा भट्टले पटियाला हाउस अदालतमा मुद्धा दर्ता गराएकी थिइन् ।

त्यसपछि अदालतले अपर्णालाई क्रेडिट दिएर सिनेमा रिलिज गर्न आदेश दिएको थियो । रिलिज अगाडी राम्रो चर्चा पाएपनि बक्सअफिसमा सिनेमा असफल भएको थियो । समिक्षकले पनि सिनेमाको मिश्रीत समिक्षा गरेका थिए ।

द एक्सीडेन्टल प्राइम मिनिस्टर

भारतका पुर्वप्रधानमन्त्री मनमोहन सिंह जीवनका केहि हिस्सा समेटिएको सिनेमा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मा अभिनेता अनुपम खेरले शिर्ष भूमिका निर्वाह गरेका थिए ।

मनमोहनको प्रधानमन्त्री कालको कथा भनिएको सिनेमालाई युथ काँग्रेस महाराष्ट्रलगायतका नेताहरुले विरोध गरेका थिए । यो सिनेमा लेखक तथा संचारकर्मी संजय बारूको किताबमा आधारित थियो ।

दंगल

बलिउड बक्सअफिसको सर्वाधिक कमाउने सिनेमा ‘दंगल’ रेस्लर महावीर सिंह फोगाटको जीवनीमा थियो । आमिर खान स्टारर यो सिनेमालाई लिएर छोरी गीता फोगाटका कोचले आपत्ति जनाएका थिए । उनलाई सिनेमामा नेगेटिभ भूमिकामा देखाइएको भन्दै विरोध पनि भएको थियो ।

समिक्षात्मक रुपमा अब्बल मानिएको सिनेमाले बलिउड बक्सअफिसमा मात्रै ३ सय ८५ करोड भन्दा माथिको व्यापार गरेको थियो । विश्वव्यापी २१ सय करोड माथिको व्यापार गरेको ‘दंगल’ सर्वाधिक कमाइ गर्ने भारतीय सिनेमासमेत हो ।

नीरजा

सोनम कपूर र शबना अज्मी स्टारर सिनेमा ‘नीरजा’ बहादुरी एयरहोस्टेज नीरजा भनोट जीवनीमा आधारित छ । नीरजाले आफ्नो ज्यानको प्रवाह नगरी सन् १९८६ मा हाइज्याक भएको विमानबाट सयौँ मानिसको ज्यान जोगाएकी थिइन् ।

सिनेमामा बनाउदा खेरि निर्माण पक्षले नीरजा परिवारलाई नाफाको १० प्रतिशत दिने घोषणा गरेको थियो । पछि भनेको जति रकम नपाएपछि परिवारले अदालतमा मुद्धा दायर गरेको थियो ।

सिनेमामा शिर्ष भूमिका निर्वाह गरेकी सोनमले स्पेसल मेन्सन तर्फको राष्ट्रिय अवार्ड पनि हात पारेकी थिइन् ।

सञ्जु

अभिनेता संजय दत्तको जीवनीमा आधारित सिनेमा ‘सञ्जु ‘मा रनबिर कपूरले शिर्ष भूमिका निर्वाह गरेका थिए । दर्शकले अत्याधिक रुचाइएको सिनेमा भने विवाद मुक्त रहन सकेन ।

अभिनेत्री माधुरी दिक्षितले निर्देशक राजकुमार हिरानीलाई फोन गरेर आफुसँग सम्वन्धित सम्पूर्ण दृश्य सिनेमाबाट हटाउन आग्रह गरेकी थिइन् । जुन कुराले बलिउड गर्माएको थियो ।

यस्तै रिलिजपश्चात निर्देशक हिरानी र विधुविनोल चोपडालाई संजय दत्तको नराम्रो ‘हिस्ट्री क्लिन’ गर्न सिनेमा निर्माण गरेको आरोप लागेको थियो ।