वार सिनेमा ‘पिप्पा’मा इशान फाइनल

वार सिनेमा ‘पिप्पा’मा इशान फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता इशान खट्टरले १९७१ वारमा आधारित सिनेमा ‘पिप्पा’मा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । उनले ब्रिगाडियर बालाराम सिंह मेहताको भूमिका निर्वाह गर्नेछन् ।

मेहताले १९७१ मा पाकिस्तान-बंगलादेश युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘पिप्पा’लाई रोनी  स्क्रूवाला र सिद्धार्थ रोय कपूरले निर्माण गर्नेछन् ।

आगामी वर्ष रिलिज हुने सिनेमालाई ‘इयरलिफ्ट’ निर्देशक राजा कृष्ण मनोनले निर्देशन गर्नेछन् । सिनेमामा अन्य कास्ट एण्ड क्रु भने फाइनल भैसकेका छैनन् ।

इशानका ‘खालीपिली’ र ‘फोनभूत’ पाइपलाइनमा छन् । उनको सिनेमा ‘अ स्विटेबल व्वाय’ भने अहिले बिबिसी वानमा प्रशारण भैरहेको छ ।