सलमान ओटीटीमा आउँदा हलमा जस्तो क्रेज देखिएला ? – नसीरुद्दिन शाह

सलमान ओटीटीमा आउँदा हलमा जस्तो क्रेज देखिएला ? – नसीरुद्दिन शाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना महामारीको कारण बलिउडका सम्पूर्ण हल बन्द छन् । हल बन्द भएपछी निर्माताहरु ओटीटी प्लेटफर्म मार्फत सिनेमा रिलिज गरिरहेका छन् ।

यसै बीच अभिनेता नसीरुद्दिन शाहले दिएको एक बयान चर्चामा आएको छ । उनि प्रश्न गर्छन ‘यदि सलमान खानको सिनेमा ओटीटीमा रिलिज भयो भने, के हलमा जस्तै दर्शकको रियाक्सन देख्न पाइएला ?’

उनि अगाडी भन्छन ‘के दर्शकहरु पहिलेको जस्तै सिट्टी मार्ने, ताली पिट्ने र गल्लीमा नाँच्ने कार्य गर्लान त ? जस्तो हलमा सलमानका सिनेमा रिलिज हुँदाको माहोल बन्ने गर्थ्यो ?’

पछिल्लो समय बलिउडकर्मीहरु ओटीटी सिनेमा रिलिज तर्फ आकर्षित भैरहेका छन् । ओटीटीमा अहिलेसम्म विद्या वालनको ‘शकुन्तलादेवी’, सुशान्त सिंह राजपुतको ‘दिल बेचरा’, जान्हवी कपूरको ‘गुञ्जन सक्सेना’, आयुषमान खुरानाको ‘गुलाबो सिताबो’ र विद्युत जम्मवालको ‘खुदा हाफिज’ रिलिज भैसकेका छन् ।

यस्तै संजय दत्तको ‘सडक २’, अक्षय कुमारको ‘लक्ष्मीबम्ब’, अजय देवगणको ‘भुज’ र अभिषेक बच्चनको ‘बिग बुल’ ओटीटी रिलिजको क्रममा छन् ।