प्रभासको नयाँ सिनेमा ‘आदिपुरुष’, ‘तान्हाजी’ निर्देशकको निर्देशन

प्रभासको नयाँ सिनेमा ‘आदिपुरुष’, ‘तान्हाजी’ निर्देशकको निर्देशन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साउथ सुपरस्टार प्रभासको नयाँ सिनेमा घोषणा गरिएको छ । ‘तान्हाजी’ निर्देशक ओम राउतले निर्देशन गर्ने ‘आदिपुरुष’मा प्रभासले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

यो एक्सन ड्रामा थ्रिडीमा निर्माण हुने बताइएको छ । निर्देशक राउतको अघिल्लो सिनेमा ‘तान्हाजी’ पनि थ्रिडीमा निर्माण गरिएको थियो । अजय देवगण, काजोल र सैफ अलि खान स्टारर उक्त सिनेमाले घरेलु बक्सअफिस मै २ सय ८० करोडको व्यापार गर्न सफल भएको थियो ।

‘आदिपुरुष’लाई बलिउड मिडियाले वर्षकै बहुप्रतिक्षित सिनेमा भनेका छन् । सिनेमाको लोगो पोस्टर पनि सार्वजनिक गरिएको छ । लोगोमा हामि महादेव र हनुमानको रुद्र रुप देख्न सक्छौँ ।


‘बाहुबली’ फेम्ड प्रभासको सिनेमा ‘राधेश्याम’ छायांकनको क्रममा छ । उक्त सिनेमामा प्रभाससँग पूजा हेगडेले जोडी बाँधेकी छन् । यस्तै बलिउड सुपरस्टार दीपिका पादुकोणसँग पनि प्रभासले एक अनटाइटल सिनेमा गर्दैछन् ।