‘एक था टाइगर’को लागि शाहरुख थिए पहिलो च्वाइस !

‘एक था टाइगर’को लागि शाहरुख थिए पहिलो च्वाइस !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका सुपरहिट सिरिज मध्ये सलमान खानको ‘टाइगर’ एक हो । सन् २०१२ मा सिरिजको पहिलो भाग ‘एक था टाइगर’ रिलिज भएको थियो । बक्सअफिसमा सुपरहिट सावित भएपछि यो सिनेमा सिरिजमा परिवर्तन भयो ।


झन्डै पाँच वर्षपछि यसको सिक्वेल ‘टाइगर जिन्दा हे’ रिलिज भयो । सलमानसँगै कट्रिना कैफको मुख्य भूमिका रहेको सिनेमाले बक्सअफिसमा फेरि कमाल गर्यो । अब त यो फ्रेञ्चाइज सलमानको करिअरको बलियो इट्टा सावित भैसकेको छ ।

तर, के तपाईलाई थाहा छ ? सुरुमा यो सिनेमाको अफर शाहरुख खानलाई गएको थियो । निर्माण कम्पनि यसराज फिल्म्सको पहिलो ‘च्वाइस’ शाहरुख थिए ।

यसराजकै सिनेमा ‘जब तक हे जान’मा व्यस्त रहेकाले उनले ‘एक था टाइगर’ छोडेका थिए । उनले एक अन्तर्वार्ताको क्रममा यो कुराको पुष्टि गरेका थिए ।

समय दिन नसकेपछि शाहरुखले यो सिनेमाको लागि सलमानको नाम सिफारिस गरेका थिए । पछि गएर सिनेमा बक्सअफिसमा सफल भयो । शाहरुखले यो सिनेमा छोडेर आफुलाई कुनै पछुतो नभएको पनि बताएका थिए ।

निर्देशक कबिर खानले ‘एक था टाइगर’पछि सलमानलाई लिएर ‘बजरंगी भाइजान’ र ‘ट्युबलाइट’ जस्ता सिनेमा बनाएका थिए ।

यस्तै कबिरले कट्रिनालाई लिएर सिनेमा ‘फ्यान्टोम’ निर्देशन गरेका थिए ।

अहिले ‘टाइगर’ फ्रेञ्चाइजको तेस्रो शृंखला पनि घोषणा भैसकेको छ । फ्रेञ्चाइजमा सलमान र कट्रिनाले तेस्रो पटक स्क्रिन शेयर गर्दैछन् ।