प्रभासको ‘आदिपुरुष’मा सैफ भिलेन

प्रभासको ‘आदिपुरुष’मा सैफ भिलेन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बाहुबली’ सिरिज फेम्ड अभिनेता प्रभासको नयाँ सिनेमा ‘आदिपुरुष’मा अभिनेता सैफ अलि खान पनि फाइनल भएका छन् ।


सिनेमामा उनले भिलेन ‘लंकेश’को भूमिका निर्वाह गर्ने निर्माण पक्षले जानकारी दिएको छ । जो राक्षस रावणसँग सम्वन्धित छ ।  उनको भूमिकालाई निर्माण पक्षले ‘७ हजार वर्ष पहिलेको बुद्धिमान दानव’को रुपमा व्याख्या गरेको छ ।

सिनेमा ‘आदिपुरुष’लाई ओम राउतले निर्देशन गर्दैछन् । निर्देशक राउतको यसै वर्ष रिलिज ब्लकबस्टर सिनेमा ‘तान्हाजी’मा पनि सैफ खलपात्र ‘उदयभान सिंह राठोर’ भूमिकामा प्रस्तुत भएका थिए । जहाँ उनले अभिनयको तारिफ पनि बटुल्न सफल भए ।

‘आदिपुरुष’मा प्रभासले मुख्य निर्वाह गर्दैछन । सिनेमाको लागि मुख्य अभिनेत्री भने फाइनल भइसकेकी छैनन् ।