सैफ र अर्जुनको ‘भूत पुलिस’मा ज्याक्लिन र यमी फाइनल

सैफ र अर्जुनको ‘भूत पुलिस’मा ज्याक्लिन र यमी फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेताद्वय सैफ अलि खान र अर्जुन कपूरले मुख्य भूमिका निर्वाह गर्ने हरर कमेडी सिनेमा ‘भूत पुलिस’मा दुई अभिनेत्री फाइनल भएका छन् ।


सिनेमामा ज्याक्लिन फर्नान्डेज र यमी गौतम मुख्य भूमिकाको लागि तय भएका हुन् । तर, दुवैले कुन अभिनेतासँग जोडी बाँध्ने भन्नेबारे खुलासा गरिएको छैन ।

यो सिनेमाको निर्देशन पवन किर्पलानीले गर्नेछन् । उनले यसअघि ‘रागिनी एमएमएस’, ‘फोबिया’ र ‘डर’ जस्ता सिनेमाको लेखन तथा निर्देशन गरिसकेका छन् ।

रमेश तौरानी र अक्शाई पुरीले निर्माण गर्ने सिनेमालाई हिमाचल प्रदेशको धरमशाला, दलहाउसिज, पालमपुरमा खिचिनेछ ।