अर्जुन कपूरलाई कोरोना संक्रमण

अर्जुन कपूरलाई कोरोना संक्रमण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण देखिएको छ । उनले आफु कोरोना पोजेटिभ पाइएको कुरा इन्स्टाग्रामबाट खुलासा गरे ।


अर्जुन अहिले डाक्टरको सल्लाह बमोजिम होम क्वारेन्टाइनमा बसेका छन् । उनले आफुमा कुनै पनि लक्षण देखा नपरेकोसमेत जानकारी गराएका छन् ।

उनले आफ्नो सपोर्टमा केहि सोच्नेहरुप्रति धन्यवाद ज्ञापन पनि गरेका छन् ।

केहि समय अगाडी मात्रै बच्चन परिवारमा अमिताभ, अभिषेक, ऐश्वर्या राय र छोरी आराध्यामा पनि संक्रमण पुष्टि भएको थियो । अहिले चारै जना कोरोना मुक्त भइसकेका छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको ग्राफ ह्वात्तै बढेको छ । शनिबार मात्रै ९० हजार बढी संक्रमित थपिएका थिए । जुन एकै दिन कुनै पनि देशमा देखिएको सर्वाधिक संक्रमण हो । अहिले भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १८ हजार बढी छ ।