अर्जुनपछि मलाइकालाई कोरोना संक्रमण पुष्टि

अर्जुनपछि मलाइकालाई कोरोना संक्रमण पुष्टि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता अर्जुन कपूरपछि उनकी प्रेमिका मलाइका अरोड़ालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार आफु संक्रमित भएको खबर इन्स्टाग्रामबाट साझेदारी गरेकी हुन् ।


उनले आफु अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी गराएकी छन् । आफुमा कुनै पनि लक्षण नदेखिएको मलाइकाले बताएकी छन् । आइतबार मात्रै अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्जुन र मलाइका करिब २ वर्षदेखि प्रेम सम्वन्धमा रमाइरहेका छन् । सन् १९९८ मा अरबाज खानसँग विवाह बन्धनमा बाँधिएकी मलाइकाले २०१७ मा १९ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम दिएकी थिइन् ।

४६ वर्षीय मलाइकाका प्रेमी अर्जुन उनिभन्दा ११ वर्ष कान्छा छन् । डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’को जज गरिरहेकी मलाइका सफल आइटम गर्ल मानिन्छिन । उनले कम्मर मर्काएका गीत ‘छैया छैया’, ‘मुन्नी बदनाम’, ‘अनारकली’, र ‘रंगीलो मारो ढोलना’ चर्चित छन् ।