सुशान्त आत्महत्या प्रकरणमा: ‘नेपोटिज्म’देखि ‘ड्रग्स’ सेवनको मुद्धा !

सुशान्त आत्महत्या प्रकरणमा: ‘नेपोटिज्म’देखि ‘ड्रग्स’ सेवनको मुद्धा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउड विवादै-विवादको भुमरीमा फस्दै गएको छ। एकतर्फ सुशान्त आत्महत्याको कारण पुष्टि भएको छैन, अर्को तर्फ उनको आत्महत्याले विभिन्न बहस शृजना गरिरहेको छ ।

सुरुवातमा सुशान्तको आत्महत्याको कारणमा बलिउडमा व्याप्त ‘नेपोटिम्ज’लाई जोडियो । यसमा करण जोहर, अलिया भट्ट, संजय दत्त, महेश भट्ट, अनन्या पाण्डेलगायतका सिनेकर्मी मुछिए । प्रहरीले बलिउडका केहि दिग्गज व्यक्तिको सोधखोज पनि गर्यो । तर, आत्महत्याको मुख्य जड पत्ता लागेन ।

त्यसलगतै सुशान्तका पिता के.के सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती विरुद्द विभिन्न आरोपसहितको उजुरी दिए । रियाले सुशान्तसँग प्रेमको जाल रचेर उनलाई नाङ्गो पारी आत्महत्याको बाटो देखाएको आरोप लगाए ।

अन्तत: सिबीआईले रिया र उनि सम्वन्धित व्यक्तिहरुसँग सोधपुछ चलायो । त्यहाँबाट सुशान्तको आत्महत्याको राज खुल्नुको साटो बलिउडकर्मीको ‘ड्रग्स’ सेवनको मुद्धा अगाडी आएको छ । सुशान्तले रियासँग मिलेर ड्रग्स सेवन गर्ने गरेको खुलासा भएको छ ।

‘ड्रग्स’को नाममा अहिले बलिउडकर्मी एक-अर्काको आरोप-प्रत्यारोपमा उत्रिएका छन् । ‘नेपोटिज्म’ मुद्धामा ‘लिडिङ लेडी’ जसरी आवाज उठाएकी अभिनेत्री कंगना रनाउत ‘ड्रग्स’को मुद्धामा अगाडी सरेकी छन् । उनले एक अन्तर्वार्ताका क्रममा बलिउडका ९९ प्रतिशत व्यक्तिले ड्रग्स सेवन गर्ने अभिव्यक्ति दिएपछि बलिउड गर्माएको छ ।

उनले अन्तर्वार्तामा बलिउडका थुप्रै ए लिस्टेड कलाकारहरुले ड्रग्स सेवन गर्ने र यदि राम्रो अनुसन्धान भएमा सम्पूर्ण ए लिस्टेड कलाकारहरुको पर्दाफास हुने बताएकी थिइन् ।

अहिले यो केसमा सिबीआईसँगै नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसीबी)ले पनि अनुसन्धान गरिरहेको छ । एनसीबीले रियाका भाई शोविकलाई गिरफ्तार गरेको ड्रग्सको बारेमा छानविन गरेको थियो । शोविकले आफुले २०१९ देखि २०२० सम्म सुशान्तको लागि ड्रग्स किन्ने गरेको बयान दिएका छन् ।

अब हेर्न बाँकी छ, बलिउडका कुन-कुन सिनेकर्मी ड्रग्सको मुद्धामा फस्नेछन् ?