दिपावलीमा अक्षयको ‘लक्ष्मीबम्ब’

दिपावलीमा अक्षयको ‘लक्ष्मीबम्ब’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ओटीटी प्लेटफर्म रिलिजको तयारीमा रहेको सिनेमा ‘लक्ष्मीबम्ब’को प्रदर्शन मिति तय भएको छ । अब अक्षय कुमार स्टारर सिनेमा दिपावलीको अवसर पारेर कार्तिक २४ मा ‘डिज्नी प्लस हटस्टार’बाट वर्ल्ड प्रिमियर हुनेछ ।

निर्माण पक्षले ‘लक्ष्मीबम्ब’को लागि नोभेम्बर ९ को रिलिज डेट फिक्स गरेको हो । यो सिनेमामा अक्षय युवतीको अवतारमा प्रस्तुत हुँदैछन् । उनको अपोजिटमा कियरा आडवाणीले अभिनय गरेकी छन् । यी दुईले गत वर्षको सुपरहिट सिनेमा ‘गूड न्युज’मा पहिलो पल्ट स्क्रिन शेयर गरेका थिए ।

अक्षयको अवतारलाई लिएर दर्शकहरु ‘लक्ष्मीबम्ब’ हेर्न आतुर छन् । सिनेमालाई राघव लोरेन्सले निर्देशन गरेका हुन् ।