जोनको ‘सत्यमेव जयते २’ पोस्टर र रिलिज डेट सार्वजनिक

जोनको ‘सत्यमेव जयते २’ पोस्टर र रिलिज डेट सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जोन अब्राहम स्टारर सिनेमा ‘सत्यमेव जयते २’को नयाँ पोस्टर रिलिज गरिएको छ । पोस्टरमा जोनको भयानक रुप देख्न सकिन्छ ।

निर्माण पक्षले सिनेमाको नयाँ पोस्टरसँगै रिलिज डेट पनि सार्वजनिक गरेको छ । अब सिनेमा आगामी वर्षको इद लक्षित गरि १२ मेमा रिलिज हुनेछ ।

मिलाप मिलन जावेरीले निर्देशन गर्ने सिनेमामा जोनसँग अभिनेत्री दिव्या खोसला कुमारले स्क्रिन शेयर गर्नेछिन । दिव्याको डेब्यु सिनेमा ‘अब तुम्हारे हवाले वतन साथियो’ पछिको यो दोस्रो बलिउड सिनेमा हो । उनि १६ वर्षपछि ठुलोपर्दामा कमब्याक गर्दैछिन ।

अक्टुबर महिनाबाट लखनउमा खिचिने सिनेमालाई भुसन कुमार, क्रिषण कुमार, मोनिषा आडवाणी, मधु भोजवाणी र निखिल आडवाणीले मिलेर निर्माण गर्दैछन् ।

जोन स्टारर ‘सत्यमेव जयते’ २०१८ मा बक्सअफिसमा रिलिज भएको थियो । अक्षय कुमार स्टारर सिनेमा ‘गोल्ड’सँगको प्रतिस्पर्धाका वावजुत ‘सत्यमेव जयते’ बक्सअफिसमा हिट सावित भएको थियो ।

यो सिनेमासँगै अब जोनका ४ सिनेमा पाइपलाइनमा छन् । उनका ‘मुम्बई सागा’, ‘अट्याक’, र एक अनटाइटल सिनेमा छायांकन चरणमा छन् ।