‘केदारनाथ’पछि सुशान्त ‘ड्रग एडिक्ट’ बन्यो – रिया चक्रवर्ती

‘केदारनाथ’पछि सुशान्त ‘ड्रग एडिक्ट’ बन्यो – रिया चक्रवर्ती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशान्त केसको ड्रग्स एङ्गलमा रिया चक्रवर्तीको एक्सक्लूसिभ बयान बाहिर आएको छ । नारकोट‍िक्स कंट्रोल ब्यूरो (एनसीबी)सँगको बयानमा रियाले सुशान्तको ड्रग्स लतको बारेमा खुलासा गरेकी हुन् ।

उनले बयानमा सुशान्त एक ड्रग एडिक्ट भएको बताएकी छन् । एनसीबीसँगको जाँचमा उनले सुशान्तलाई छोड्नुको कारणबारे पनि बताएकी छन् । उनले ८ जुनमा सुशान्तको घर छोडेकी थिइन् ।

‘सुशान्त ड्रग एडिक्ट भइसकेको थियो । त्यस दौरानको लकडाउन र सुशान्तलाई लागेको मीटू आरोपले मेरो करिअरलाई असर गर्ने सम्भावना देखेर उसलाई छोड्नु नै उचित ठानें ।’

‘केदारनाथ’पछि सुशान्तको ड्रग मात्रा बढ्यो

रियाले आफ्नो बयानमा सुशान्तसँगै सारा अलि खानले पनि ड्रग सेवन गर्ने बताएकी छन् । एनसीबीलाई दिएको स्टेटमेन्टमा रियाले भनेकी छन्, ”केदारनाथ’ सिनेमाको सुटिङमा सुशान्तको ड्रग सेवन मात्रा अत्याधिक बढेको थियो । उसले ‘केदारनाथ’ अगाडीदेखि नै ड्रग सेवन गर्थ्यो ।’

रियाले अगाडी भनेकी छन्, ‘सुशान्त जब बलिउड छिर्यो, तबदेखि नै उसले सर्किल सुपर पार्टीवाला कल्चर बनाउन सुरु गर्यो । जहाँ ड्रग सेवन सामान्य थियो । तर, सुशान्त एडिक्ट थिएन । त्यो समय उसको मात्रा सिमित थियो ।’

लकडाउनको समयमा सुशान्त ड्रग्स र गाँजाको लतमा फसिसकेका थिए । रियाका अनुसार सुशान्तले दिनमा गाँजाको १०-२० ‘डोप्स’ सेवन गर्थ्ये ।