ड्रग मुद्धा: दीपिका, श्रद्धा, सारा र रकुलको जवाफमा सन्तुष्ट छैन एनसीबी 

ड्रग मुद्धा: दीपिका, श्रद्धा, सारा र रकुलको जवाफमा सन्तुष्ट छैन एनसीबी 

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुशान्त सिंह राजपुतको निधनपछि बलिउड ड्रगको घेराबन्दीमा परेको छ । दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अलि खान, नम्रता सिरोदकर, रकुल प्रीत सिंह जस्ता अभिनेत्रीहरुको नाम ड्रग मुद्धामा सामेल भएपछी बलिउड घेराबन्दीमा परेको हो ।

ड्रग मुद्धामा जाँच गरिरहेको नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) शनिबार दीपिका, श्रद्धा र सारासँग सोधपुछ गरेको थियो । तर, घन्टौ लामो सोधपुछपछि पनि एनसीबी यी अभिनेत्रीहरुको जवाफबाट सन्तुष्ट नरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ड्रग मुद्धामा सुरुवातमा एनसीबीले अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो । रियासँगको लामो जाँचपछि ड्रग मुद्धामा बलिउडका ठुला नामहरु जोडिएका छन् ।

एक ह्वाट्सएप ग्रुप च्याटपछि एनसीबीले जाँचलाई अझ कडा गरेको छ । जसअनुरुप दीपिकाले उक्त ग्रुप च्याटमा आफुपनि संलग्न रहेको स्वीकार गरिसकेकी छन् । तर, उनले ड्रग सेवनको आरोपलाई नकारेकी छन् । यस्तै सारा, श्रद्धा, रकुलले पनि आफुहरुले कहिल्यै ड्रग सेवन नगरेको दावी गरेका छन् ।

आफुलाई भरपर्दो प्रमाण नभएपछि एनसीबीले अभिनेत्रीहरुसँग पुन: सोधपुछ गर्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म यी अभिनेत्रीहरुलाई एनसीबीले छुट दिइसकेको छैन । एनसीबीले दीपिका, सारा, श्रद्धा, रकुलसहित फेसन डिजाइनर सिमोन खम्बट्टा र अभिनेत्री पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल जफत गरेको छ ।

करण जोहरको पार्टी जाँच 

ड्रग मुद्धामा अहिले निर्देशक तथा निर्माता करण जोहरको नामपनि मुछिएको छ । २०१९ जुलाई २८ तारिखका दिन करणको घरमा आयोजना गरिएको पार्टीमा ड्रग प्रयोग गरिएको संका छ । त्यसैले अगाडीको जाँचका लागि एनसीबीले धर्मा प्रोडक्सनका पुर्व कार्यकारी निर्माता क्षितिज प्रसादलाई पक्राउ गरिसकेको छ ।

सोधपुछमा क्षितिजले ड्रग मुद्धा खास्सै केहि खुलासा गरेका छैनन् । ड्रग कनेक्सनमा क्षितिजको नाम जोडिएपछि एनसीबीले उनको घरमा खानतलासी गरेको थियो । त्यसक्रममा उनको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो ।

अहिले एनसीबीको कस्तडी रहेका क्षितिजले आफुलाई एनसीबीले करण जोहरको नाम लिनलाई दवाव दिइरहेको बताएका छन् । एनसीबीले ड्रग मुद्धामा निर्देशक जोहरलाई फसाउन चाहेको उनले आरोप लगाएका छन् ।

ड्रग मुद्धामा आफ्नो नाम जोडिएपछि करण स्पष्टीकरण दिदै ‘न आफुले ड्रग लिने न त प्रमोट नै’ बताएका थिए ।

पछिल्लो रिपोर्ट अनुसार ड्रग मुद्धामा बलिउडका अन्य १२ जना सेलेबेट्रीको नाम एनसीबीको हातमा पुगेको बताइएको छ । ति १२ जना बलिउडकर्मीसँग एनसीबी सोधपुछको क्रममा छ ।