बम्बै उच्च अदालतद्वारा रियाको रिहाई

बम्बै उच्च अदालतद्वारा रियाको रिहाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ड्रग्स मुद्धामा मुछिएकी अभिनेत्री रिया चक्रवर्तीसहित तीन जनालाई बम्बै हाईकोर्टले जमानतमा रिहाई गरेको छ । यस मुद्धामा पक्राउ परेका रियाका भाइ सोविक र अन्य एकको जमानतको उजुरी अदालतले खारेज गरिदिएको छ ।


अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा ड्रग मुद्धाले प्रवेश पाएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियासहित पाँच जनालाई पक्राउ गरेको थियो । पाँच जनासंगको सोधपुछपछि ड्रग मुद्धामा अभिनेत्रीद्वय दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अलि खान, रकुल पृत सिंह, नम्रता सिरोदकरको नाम मुछिएको थियो । सोधपुछपछि यी अभिनेत्रीहरुले क्लिनचिट पाउने सम्भावना बढेको छ ।

एनसीबीको पक्राउपछि रियाले जेलमा २८ दिन बिताएकी थिइन् । जेलमा रहँदा उनि पटक-पटक जमानतको लागि लडीरहेकी थिइन् । बुधबार बम्बै उच्च अदालतले दिएको जमानतपछि रियाले राहतको सास लिएकी छन् । तर, उनले विदेश यात्रा भने गर्न पाउने छैनन् ।

रियालाई पक्राउ गर्दा एनसीबीले २७ए अन्तर्गतको मुद्धा दायर गरेको थियो । नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रपिक सब्स्ण्टस एक्ट, १९९५ (एनडिपीएस एक्ट) मादक पदार्थसँग सम्वन्धित एक कठोर कानुन मानिन्छ । यसको धारा २७ अन्तर्गत, यदि कसैले नारकोटिक ड्रग्स अथवा नशाजन्य पदार्थ सेवन गर्छ भने, त्यो दण्डनिय अपराध मानिनेछ ।

यस धाराको क्लोज (ए)मा भनिएको छ । ‘सरकारद्वारा सुचित गरिएको कोकिन, मार्फिन जस्ता अन्य नारकोटिक ड्रग्स सेवन गरेको दोषी पाइएमा १ वर्षसम्मको जेल सजाय अथवा २० हजारसम्म जुर्माना तिर्नुपर्नेछ । या दुवै सजायपनि हुन् सक्छ ।’

पक्राउलाई लिएर वकिलको असन्तुष्टि 

तीन केन्द्रिय एजेन्सीहरु ‘सिबिआइ, इडी र एनसीबी’ले रिया माथि गरेको व्यवहारलाई उनका वकिल सतिश मानशिन्देले गलत बताएका छन् । उनलाई पक्राउ गर्न एनसीबी प्रयोग गरेको धारा २७ए एक्ट गलत रहेको उनले दावी गरेका हुन् ।

ढिलै भएपनि रियाले जमानत पाउँदा वकिल मानशिन्देले खुसि व्यक्त गरेका छन् ।