‘लक्ष्मीपुजा’ गीत रिलिज, सलोनसँग रियाषाको जोडी

‘लक्ष्मीपुजा’ गीत रिलिज, सलोनसँग रियाषाको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको दशैँ लक्षित गरेर ओटीटी प्लेटफर्ममा रिलिज हुन् लागेको सिनेमा ‘लक्ष्मीपुजा’को प्रमोशनल गीत सार्वजनिक गरिएको छ ।


‘फुर फुर पुतली’ बोलको गीतमा सिनेमाका अतिथि कलाकारद्वय सलोन बस्नेत र रियाषा दाहालले कम्मर मर्काएका छन् । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

दयाराम पाण्डेको शब्द र विपिन आचार्यको संगीत रहेको गीतमा माण्डवी त्रिपाठी र अंकित न्यौपाने स्वर दिएका छन् ।

सोभित बस्नेतको निर्माण र समिर मियाँको निर्देशन रहेको सिनेमामा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, आयुषी ढकाललगायतका कलाकारहरुको अभिनय छ । भने, सलोन, रियाषासँगै निर शाहले अतिथि भूमिका निर्वाह गरेका छन् ।

कार्तिक ७ गतेदेखि डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीलगायतमा रिलिज हुने सिनेमामा समिर मियाँको कथा र पटकथा छ ।

जय दर्लामी मगरले खिचेको सिनेमामा केदार भुषालको संवाद, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र गौतमराज खड्काको सम्पादन छ ।