anmol jasita

तारासँग टाइगरको ‘हिरोपन्ती’

तारासँग टाइगरको ‘हिरोपन्ती’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – टाइगर श्रोफको डेब्यु सिनेमा ‘हिरोपन्ती’ दोस्रो सिरिज निर्माण हुने भएको छ । केहि वर्ष अगाडी टाइगरलाई लिड लिएर यो सिनेमा घोषणा गरिएको थियो । तर, अभिनेत्रीको टुंगो लागेको थिएन ।


अब भने सिनेमाको लागि अभिनेत्री तारा सुतारिया फाइनल भएकी छिन । यो रोमान्टिक एक्सन सिनेमामा दोस्रो पटक टाइगर र साराको जोडी बाँधिन लागेको हो । डेब्यु सिनेमा ‘स्टुडेन्ट अफ द इयर’मा ताराले टाइगरसँग जोडी बाँधेकी थिइन् ।

डिसेम्बरबाट छायांकनमा जाने ‘हिरोपन्ती २’लाई अहमद खानले निर्देशन गर्नेछन् । साथै, यो सिनेमामा साजिद नाडीयडवालाको लगानी रहनेछ ।

एक्सन सिनेमा ‘हिरोपन्ती’बाट डेब्यु गरेपछि टाइगरको करिअर चम्किएको थियो । डेब्युपछि टाइगरले थुप्रै सफल सिनेमा दिइसकेका छन् । ‘हिरोपन्ती’कै एक्सन र रोमान्टिक छविलाई टाइगरले अहिले सफलताको छडी बनाएका छन् ।