anmol jasita

‘बम भोले’ गीतमा अक्षयको रुद्री रुप

‘बम भोले’ गीतमा अक्षयको रुद्री रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अहिले दर्शक अक्षय कुमार स्टारर सिनेमा ‘लक्ष्मी’को व्यग्र प्रतिक्षामा छन् । सिनेमाको ट्रेलर र सार्वजनिक एक गीतले दर्शकको ध्यान केन्द्रित गरिसकेका छन् ।


अब निर्माण पक्षले दर्शकका लागि नयाँ गीत सार्वजनिक गरेको छ । ‘बम भोले’ बोलको गीतमा अक्षयको रुद्री रुप देख्न सकिन्छ । उनको इनर्जी र एक्सप्रेसनले दर्शकलाई एकछिन पनि नजर घुमाउन दिदैँन । शिवभक्ति दर्शकलाई यो गीत अझ आकर्षित गर्छ ।

गीतको बारेमा कुरा गर्दा ‘बम भोले’लाई दर्शकले उम्दा भनेका छन् । संगीत, छायांकन, कोरियोग्राफी र प्रस्तुतिमा दर्शकले मुक्तकण्ठाले प्रशंसा गरेका छन् । गीतको भिडियो राम्रो बन्नुमा कोरस डान्सरको पनि महत्वपूर्ण हात देखिन्छ ।

‘लक्ष्मी’ नोभेम्बर ९ तारिखमा डिज्नी प्लस हटस्टारबाट वर्ल्ड प्रिमियर हुँदैछ । सिनेमामा अक्षयसँगै कियरा आडवाणीको पनि प्रमुख भूमिका छ । यो सिनेमामा अक्षय पहिलो पटक महिला अवतारमा प्रस्तुत भएका छन् ।

निर्देशक राघव लोरेन्सले आफ्नो तामिल सिनेमा ‘कन्चना’को रिमेक स्वरुप ‘लक्ष्मी’ निर्देशन गरेका हुन् । यसअघि सिनेमाको नाम ‘लक्ष्मीबम्ब’ थियो । तर, शिर्षकलाई लिएर दर्शकबाट असन्तुष्टि व्यक्त भएपछि निर्माण पक्षले ‘लक्ष्मी’ नामकरण गरेको थियो ।