anmol jasita

‘लाल सिंह चड्डा’मा शाहरुखको केमियो, आमिरको निर्देशन

‘लाल सिंह चड्डा’मा शाहरुखको केमियो, आमिरको निर्देशन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दुई वर्ष अगाडी रिलिज ‘ठग्स अफ हिन्दोस्तान’पछि दर्शकले अभिनेता आमिर खानलाई ठुलो पर्दामा हेर्न पाएका छैनन् । त्यसैले उनको आगामी सिनेमा ‘लाल सिंह चड्डा’ प्रतिक्षित छ ।

अहिले यो सिनेमाको छायांकन दिल्लीमा चलिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार आमिरको यो सिनेमामा अभिनेता शाहरुख खान पनि जोडिएका छन् । सिनेमामा उनको केमियो रोल हुनेछ ।

आमिर र शाहरुख नजिकका साथि हुन् । तर, ठुलोपर्दामा सँगै स्क्रिन शेयर भने गर्न पाएका थिएनन् । अब भने आमिर र शाहरुखलाई एउटै पर्दामा हेर्ने दर्शकको रहर पुरा हुने भएको छ ।

यति मात्र होइन ‘लाल सिंह चड्डा’मा आमिरले पहिलो पटक निर्देशकीय क्षमता पनि देखाउदैछन् । हुनत, यो सिनेमाको निर्देशक अद्वैत चन्दनले गर्दैछन् । तर, शाहरुखको केमियो भने आमिरको निर्देशनमा खिचिनेछ । शाहरुखको केमियोको लागि आमिर पहिलो पटक निर्देशक बन्न लागेका हुन् ।

यो सिनेमामा आमिरसँगै अभिनेत्री करीना कपूर खानको पनि प्रमुख भूमिका छ । दोस्रो पटक प्रेग्नेट भएकी करीनाले यसअघि नै आफ्नो भागको छायांकन सकाइसकेकी छन् ।

दुबईबाट सिधै दिल्ली पुगे शाहरुख

आगामी वर्षको क्रिसमस रिलिज तोकिएको ‘लाल सिंह चड्डा’को छायांकन दिल्लीमा चलिरहेको छ । जहाँ आमिरले आफ्नो भागको दृश्यहरु छायांकन गरिरहेका थिए ।

केमियो भूमिका छायांकनका निमित्त शाहरुख दुबईबाट दिल्ली पुगेका थिए । छायांकनपछि शाहरुख र आमिरले केहि समय सँगै बिताएका थिए ।

युएईमा चलिरहेको ‘आइपिएल’मा आफ्नो टिम ‘कोलकता नाइट राइडर्स’लाई हौसला बढाउन शाहरुख दुबई पुगेका थिए । तर, कमजोर रनरेटका कारण प्लेअफमा पुग्न बन्चित ‘कोलकता नाइट राइडर्स’ प्रतियोगिताबाट बाहिरिसकेको छ ।