anmol jasita

ओटीटीमा रिलिज हुँदै ‘लक्ष्मी’, हलमा आउँदै ‘सुरज पे मंगल भारी’

ओटीटीमा रिलिज हुँदै ‘लक्ष्मी’, हलमा आउँदै ‘सुरज पे मंगल भारी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज अक्षय कुमार स्टारर प्रतिक्षित सिनेमा ‘लक्ष्मी’ ओटीटी प्लेटफर्म ‘डिज्नी प्लस हटस्टार’बाट सार्वजनिक हुँदैछ । यसको प्रिमियर समय बेलुका ७.०५ बजेलाई तोकिएको छ ।


राघव लोरेन्स निर्देशित हरर कमेडी सिनेमाले रिलिज अगाडी राम्रो हाइप बनाएको थियो । तामिल सिनेमा ‘कन्चना’को रिमेक भएकाले ट्रेलर रिलिज हुँदा दर्शकको नकारात्मक प्रतिक्रिया पाएपनि पछिल्लो गीत ‘बम भोले’ले सिनेमालाई सकारात्मक बनाएको छ ।

‘लक्ष्मी’मा अक्षय पहिलो पटक महिला अवतारमा देखा परेका छन् । उनको अवतारले दर्शकमा कौतुहलता पैदा गरेको छ । त्यसैले अक्षयको पहिलो डिजिटल डेब्यु सुखद हुने अनुमान गरिएको छ ।

सिनेमामा अक्षयसँगै कियरा आडवाणी, आएषा राजा मिश्रा, तुसार कपूर, तरुण अरोरालगायतका कलाकारहरुको अभिनय छ ।

हलमा रिलिज हुँदै ‘सुरज पे मंगल भारी’

कोरोना महामारीका कारण भारतमा बन्द रहेका सिनेमा हलहरु ६ महिनापछि खुलिसकेका छन् । तर, दर्शकको खडेरीका कारण बलिउडकर्मीहरु फ्रेस सिनेमा रिलिजको लागि डराइरहेका छन् ।

यस्तैमा सिनेमा ‘सुरज पे मंगल भारी’ले हल छिर्ने निधो गरेको छ । मनोज बाजपाई, दिलजित दोसान्झ र फातिमा सना शेख स्टारर सिनेमा नोभेम्बर १५ तारिखदेखि हलमा प्रदर्शन हुनेछ ।

महामारी कालमा हलमा रिलिज हुने यो नै पहिलो फ्रेस बलिउड सिनेमा बन्नेछ । जी स्टुडियोले निर्माण गरेको यो सिनेमालाई अभिषेक शर्माले निर्देशन गरेका हुन् ।