anmol jasita

बक्सअफिसमा भिड्दै शाहरुख र आमिर ?

बक्सअफिसमा भिड्दै शाहरुख र आमिर ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमामडौं – बलिउड अभिनेता शाहरुख खान यशराज फिल्मस्को ‘पठान’बाट दुई वर्षपछि कमव्याक गर्दैछन् । उनको कमव्याक सिनेमाको हाल मुम्बई स्थित यशराज फिल्मस्को स्टुडियोमा छायाँकन भैरहेको छ । सिनेमाको छायाँकन सुरुभएसँगै सिनेमाको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ ।

बलिउड मिडियाका अनुसार ‘पठान’ अर्को वर्षको क्रिसमसमा रिलिज हुनेछ । यही डेटमा शाहरुखको केमियो रहेको सिनेमा ‘लाल सिंह चड्ढा’ रिलिज हुनेछ । आमिर खान र करिना कपुर अभिनित सिनेमासँग ‘पठान’ जुध्ने चर्चाले यतीबेला बलिउड निकै गर्माएको छ ।

‘पठान’मा शाहरुख तीन भिन्न अवतारमा देखिने बलिउड मिडियाले जनाएका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्मण हुने एक्सन सिनेमामा जोन अब्राहम र दिपिका पादुकोणको पनि मुख्य भुमिका रहनेछ । पठानका लागी जोन र दिपिकाले यशराज ब्यानरबाट महँगो पारिश्रमिक असुलेका छन् ।

‘जिरो’पछि बलिउडमा कमव्याक गर्न लागेका शाहरुखको ‘पठान’मा सलमान खानले अतिथी भुमिका अभिनय गर्ने चर्चा छ । यसैले पनि सिनेमाले बक्सअफिसमा बम्पर बिजनेस गर्ने अनुमान शाहरुखका शुभचिन्तकले गरेका छन् । उनले ‘पठान’को छायाँकन सकाएसँगै राजकुमार हिरानीको सिनेमाको छायाँकन सुरु गर्नेछन् ।