ड्रग्स केसमा भारती र उनको पति हर्ष पक्राउ

ड्रग्स केसमा भारती र उनको पति हर्ष पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतकी चर्चित कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियालाई नारकोटिक्स कन्टोल ब्यूरोले ड्रग्स कनेक्सनमा पक्राउ गरेको छ । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो । उनीहरुलाई मेडिकल टेस्टको लागि अस्पताल लगिएको छ ।

शनिबार बिहान भारतीको घरमा छापा मार्दा ८६.५ ग्राम गाँजा बरामत गरिएको थियो । त्यसपछि उनीहरुलाई सोधपुछको लागि हिरासतमा लिइएको हो । एनसीबीको निर्देशक समीर वानखेडेको अनुसार उनीहरुको विरुद्ध औषधी उपभोग गर्ने आरोप लगाइएको छ ।

सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्सनलाई लिएर केस दर्ता गरिएको थियो । यस केसमा दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खानसँग पनि सोधपुछ गरिएको थियो ।   -एजेन्सी