अक्षयलाई केस फिर्ता लिन युट्युबर राशिदको आग्रह

अक्षयलाई केस फिर्ता लिन युट्युबर राशिदको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता अक्षय कुमारले युट्युबर राशिद सिद्धिकी माथि ५०० करोडको मानहानी केस दर्ता गरेका थिए । युट्युबर सिद्धिकीले अक्षयलाई मानहानी केस फिर्ता लिन आग्रह गरेका छन् । साथै उनले केस फिर्ता नलिए कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

भारतिय मिडिया अनुसार राशिदले अक्षयले लगाएको आरोप अर्थपूर्ण नरहेको बताएका छन् । राशिदको अनुसार उनले भिडियोमा अपमानजनक केहि नराखेको र अन्य न्यूज च्यानलमा सार्वजनिक भइसकेको कुरालाई रिपोर्ट बनाएर हालेको बताएका छन् ।

राशिदले आफ्नो युट्युब च्यानलमा सुशान्त सिंह राजपूतले ‘एम एस धोनी’ सिनेमा पाएपछि अक्षय असन्तुष्ट भएको बताएका थिए । यति मात्र नभई उक्त भिडियोमा सुशान्तको आत्महत्यामा अक्षयले आदित्य ठाकरेसँग एक सीक्रेट मिटिङ्ग गरेर रिया चक्रवतीलाई क्यानडा पठाउन सहयोग गरेको उल्लेख गरिएको थियो ।