बिहेपछि चिरन्जीवीसँग ‘आचार्य’मा काजल

बिहेपछि चिरन्जीवीसँग ‘आचार्य’मा काजल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- साउथकी चर्चित अभिनेत्री काजल अग्रवालले हालै गौतम किचलूसँग विवाह गरेकी छन् । विवाहपछि उनी साउथ मेघास्टार चिरन्जीवीसँग ‘आचार्य’ सिनेमामा देखिदैछिन् ।

५ डिसेम्बर देखि छायाँकनमा जाने तयारीमा रहेको सिनेमालाई कोराताला शिवाले लेखन तथा निर्देशन गर्नेछन् । यो सिनेमा सोसल ड्रामामा आधारित हुनेछ । यो सिनेमाको लागि क्रिएटिभ मतभेदको कारण काजलले पहिला सिनेमा खेल्न अस्विकार गरेकी थिइन् । पछि उनले लीड रोलको भुमिकाको लागि अडिसन दिएकी हुन् । यो सिनेमालाई राम चरण र निरञ्जन रेड्डीले निर्माण गर्नेछन् ।

यो सिनेमासँगै काजल ‘हे सिनमिका’ र ‘इन्डियन २’ मा देखिदैछन् ।         -एजेन्सी